फिफा महिला विश्वकप : आज तीन खेल हुँदै
नेपालखोज
२०८० साउन ७ गते ५:४२

काठमाडाैं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा आज तीन खेल हुँदै छ । तीन खेलमध्ये एक खेल अष्ट्रेलियामा र दुई खेल न्युजिल्याण्डमा हुनेछ ।
आज हुने पहिलो खेलमा स्विडेनले दक्षिण अफ्रिकाको सामना गनेए छ । त्यस्तै दोस्रो खेल नेदरल्याण्ड र पोर्चुगलबीच हुँदा तेस्रो खेलमा फ्रान्सले जमैकासँग खेल्ने छ ।
आज हुने पहिलो खेलमा समूह जिको खेल हुने छ । पहिलो खेलमा स्विडेनले दक्षिण अफ्रिकासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार पौने एघार बजे न्युजिल्याण्डको विलिङटन क्षेत्रिय रंगशालमा हुने छ ।
सम्बन्धित

प्रतिक्रिया