मानसिक स्वास्थ्य समस्यामा शरणार्थी बालबालिका

यदि हामीले सबै कुरा सहजै प्राप्त गरिरहेका छौं, हाम्रा आधारभूत आवश्यकताहरू पूरा भैरहेका छन र हाम्रो मानवअधिकारको सम्मान भैरहेको छ भने त्यस्तो स्थिर, शान्तिपूर्ण र सुरक्षित जीवनमा केही कुरालाई बेवास्ता गर्न सकिन्छ । यद्यपि विश्वभरका ११ करोड मानिस विस्थापित जीवन बिताइरहेका छन् भन्ने कुरा त्यस्तो छैन । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायोगका अनुसार सन् २०२२ को अन्त्यसम्ममा विश्वभर विस्थापितको संख्या १० करोड ८० लाख थियो ।
यस्ता व्यक्तिहरूले उत्पीडन, द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन वा यस्तै कारणले आफ्नो देश छाड्नुपरेको थियो । ती व्यक्तिहरूमा आन्तरिक रूपमा विस्थापित , शरणार्थी वा शरण चाहनेहरू लगायत अन्य समावेश छन् । जबर्जस्ती विस्थापित भएका यी ११ करोडमध्ये करिब ३.५ करोड मानिस आफ्नो सुरक्षाका लागि अन्तर्राष्ट्रिय सीमा पार गरी अर्को देशमा पुगेका शरणार्थी हुन् ।
मानसिक स्वास्थ्य समस्या
लिन जोन्स एक बाल र किशोर मनोचिकित्सक तथा राहत शिविरहरूमा काम गर्ने सामाजिक कार्यकर्ता हुन्। सन् २०१८ मा उनले एउटा लेखमा लेखेकि थिइन् , ‘जब तिमी भाग्छौ, तिमीले सबै कुरा त्याग्छौ । तिम्रा लागि बनेको संसार जसले तिमीलाई संसारसँग जोडेको छ, सबै पछाडि छुटछन् । उक्त लेखमा, जोन्सले युद्ध र प्रकोप क्षेत्रहरूमा बस्ने बालबालिकाहरूसँग काम गरेको आफ्नो २५ वर्षको अनुभवब साझा गरेकि छिन् ।
मानिसहरुले आफ्नो थाकथलो छोडनुको कारण युद्ध, हिंसा, जीवन वा स्वतन्त्रताका लागि खतरा मात्र थिएन। आफैबाट पलायन हुनु र यससँग सम्बन्धित सबै कुरा, शरणार्थीहरूको मानसिक स्वास्थ्यका लागि विनाशकारी हुन सक्छ । यसले गम्भीर चिन्ता, उच्च तनाव, पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर, डिप्रेसन तथा आत्महत्या सम्म निम्त्याउन सक्छ।
बाल मनोचिकित्सक तथा बेलायतका बाल मानसिक स्वास्थ्यका प्राध्यापक पेनोस भोस्टानिसले डीडब्लूलाई भनेकाछन् यो एकदमै सत्य हो कि शरणार्थीहरूमा मानसिक स्वास्थ्य समस्या सामान्य जनसंख्याको तुलनामा कम्तिमा चार वा पाँच गुणा बढी हुन्छ । भोस्टानिस विशेष गरी कमजोर बालबालिकाहरुका बारेमा चिन्तित छन जसले दर्दनाक घटनाहरुको अनुभव गरेको छ।
शरणार्थी बालबालिकाहरू असुरक्षित र कमजोर छन् । जोन हेकेन शुल्ट्ज नर्वेजियन सेन्टर फर वाइलेन्स एण्ड ट्राउमेटिक स्ट्रेस स्टडीजका वरिष्ठ अनुसन्धानकर्ता हुन् । उनी भन्छन्- शरणार्थी बालबालिकाहरू विशेष गरी कमजोर हुन्छन् । किनभने उनीहरूलाई के भैरहेको छ भन्ने कुरा थाहा हुँदैन । ती बालबालिकालाई जे देखिन्छ स्थिति त्यो भन्दा बढी खतरनाक छ भन्ने समझ पनि छैन । शुल्ट्ज भन्छन् – उनीहरुमा यस्तो परिस्थितिको सामना गर्ने अनुभव पनि हुँदैन ।
युद्ध र हिंसाका डरलाग्दा कुराहरू बाहेक अन्य धेरै कुराले बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्छ जसका कारण उनीहरू भाग्न बाध्य छन्। यो यात्राका क्रममा धेरै पटक शरणार्थी बालबालिकाले धेरै खतरनाक परिस्थिति र अनुभवहरूको सामना गर्नुपरेको छ । कहिलेकाहीँ उनीहरू आफ्नो परिवारबाट पनि अलग हुन्छन् वा कहिले उनीहरूका आमाबाबुले नै उनीहरूसँग दुर्व्यवहार गर्छन् । उनीहरूको मानसिक स्वास्थ्य उनीहरूको आमाबाबुमा निर्भर भएकाले कहिलेकाहीँ यी सबै कुराले उनीहरूमा धेरै गम्भीर असर पार्छ ।
बालबालिकामा हुने यस्ता सबै पीडादायक घटनाले उनीहरूभित्र मनोवैज्ञानिक, व्यवहारिक तथा भावनात्मक समस्याहरू सिर्जना गर्न सक्छ । डिप्रेसन, चिन्ता, आवाजको डर, दुःस्वप्न, अत्याधिक चिच्याउनु, अत्याधिक जोखिम लिनु, शिक्षक तथा अभिभावकको अवज्ञा जस्ता समस्याले यस्ता बालबालिकालाई घेरेको हुन्छ ।

प्रतिक्रिया