बढ्यो सटही सुविधा, अब विदेश भ्रमण जाँदा २५०० डलरसम्म पाइने

नेपालखोज २०८० साउन ७ गते १५:०६

काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने विदेशी मुद्रा सटहीको सीमा बढाइएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाएर दुई हजार पाँच सय अमेरिकी डलर पुर्‍याएको छ।

हाल भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिक एक वर्षमा दुई पटकसम्म एक हजार र पाँच सय अमेरिकी डलरको सटही सुविधा उपलब्ध थियो। सो सीमालाई बढाएर अहिले २५ सय अमेरिकी डलर पुर्‍याइएको हो।

विद‍ेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाएको जनाइएको छ।

प्रतिक्रिया