आइतबार, वैशाख १६, २०८१

सम्बन्ध विच्छेद पछि एक्लै

नेपालखोज २०८० साउन ८ गते १३:१३

काठमाडौं । भनिन्छ बिवाहको लड्डू खानेहरु पनि पछुताउँछन , नखानेहरु पनि पछुताउँछन । यद्यपि बिवाहपछिको सम्बन्धविच्छेद यस्तो कुरा हो, जसमा जान कोहि पनि चाहँदैनन यद्यपि जीवनमा यस्तो परिस्थिति सृजना हुन्छ कि मनले नचाहे पनि छुट्टिने निर्णय गर्नुपर्छ ।

यस्तो यी निर्णय लिन ठुलो आत्मबल पनि चाहिन्छ। आज हामी त्यस्ता बलिउड सुन्दरीहरूका बारेमा कुरा गर्नेछौं जसले आफ्नो पार्टनरसँग डिभोर्स गरेपछि एक्लै बस्ने निर्णय गरे।

पूजा भट्ट : अहिले पुजा बिग बोस ओटीटी – २ मा सहभागी छिन् र उनी यो शो मा आफ्नो व्यक्तिगत जीवनका बारेमा खुलेर कुरा गर्छिन् । अभिनेत्री पूजा भट्टले सन् २००३ को अगस्टमा विवाह गरेकी थिइन् । उनको विवाह मनिष नामका व्यक्तिसँग भएको थियो । पूजाका श्रीमान् मिडिया जगतका चर्चित व्यक्ति हुन् । ११ वर्षपछि उनीहरुको वैवाहिक सम्बन्ध टुट्यो । त्यसयता पुजा एक्लै छिन् ।

सुजैन खान : सुजैन खानले २० डिसेम्बर २००० मा ऋतिक रोशनसँग विवाह गरेकि थिइन् । उनीहरूको विवाह १४ वर्ष चलेर १ नोभेम्बर २०१४ मा दुवैले आपसी सहमतिमा अलग हुने निर्णय गरे । अहिले सुजैन खान र ऋतिक रोशन दुबै सिंगल छन् ।

अमृता सिंह : अमृता सिंहले सन् १९९१ मा सैफ अली खलसँग विवाह गरेकि थिइन् । दुवैको जोडी ९० को दशकको सबैभन्दा चर्चित जोडी मानिन्थ्यो । पारिवारिक कलहका कारण दुवैले सन् २००४ मा छुट्टिने निर्णय गरे । त्यसपछि सैफले करीना कपुरसँग दोस्रो विवाह गरे तर अमृता अझै अविवाहित छिन् ।

कल्कि कोचलिन : कल्कि कोचलिनले अनुराग कश्यपलाई धेरै वर्ष डेट गरिन् र उनीहरु दुबैले २०११ मा विवाह गरे । यद्यपि उनीहरुको विवाह लामो समय टिक्न सकेन र उनीहरु २०१३ मा अलग भए ।

करिश्मा कपूर: करिश्मा कपूर ९० को दशककी सबैभन्दा सुन्दर हिरोइनमध्ये एक हुन्। उनले सन् २००३ मा सञ्जयसँग विवाह गरेकी थिइन्, तर यो विवाह पनि अरुजस्तै मतभेद र आरोपका कारण टुट्यो । दुवै सन् २०१४ मा एकअर्काबाट अलग भएका थिए भने करिश्मा त्यस पछि एक्लै दुई सन्तान हुर्काइरहेकी छिन् ।

प्रतिक्रिया