शनिबार, वैशाख २९, २०८१

सौर्यमण्डलका नसुल्झीएका रहस्यहरू के-के हुन् ?

नेपालखोज २०८० साउन ११ गते १५:४०

१ . चन्द्रमाको उत्पत्ति
चन्द्रमाको उत्पत्तिका बारेमा विभिन्न सिद्धान्त प्रचलित छन् तर आजसम्म कसैले पनि यो प्रक्रियाको पूर्ण व्याख्या गर्न सकेका छैनन् ।

२ . युरेनसको घुमाई
यूरेनस सौर्यमण्डलका अन्य ग्रहहरू भन्दा फरक आफै तर्फ घुम्छ । यो उल्टो घुमाईको सही कारण अझै स्पष्ट भैसकेको छैन ।

३ . बुध र ग्यानीमेडको चुम्बकीय क्षेत्र
बुध र ग्यानीमेड (बृहस्पतिको चन्द्रमा मध्ये एक) दुबैसँग अप्रत्याशित रूपमा बलियो चुम्बकीय क्षेत्र छ तर त्यसको स्रोत अझै अज्ञात छ ।

४ . बृहस्पतिको वायुमण्डलको तापक्रम

बृहस्पतिको माथिल्लो वायुमण्डल सूर्यबाट टाढा भए पनि अत्यधिक तातो छ । यो अतिरिक्त तापक्रमका लागि जिम्मेवार ऊर्जाको स्रोत अझै पनि फेला पार्न सकिएको छैन ।

५ . क्षुद्रग्रह ( एस्ट्ररायड ) बेल्टको गठन

मंगल र बृहस्पति बीचको क्षुद्रग्रहको बेल्ट प्रारम्भिक सौर्यमण्डलको भग्नावशेषबाट बनेको मानिन्छ तर त्यस क्षेत्रमा किन ग्रह बन्न सकेन भन्ने कुरा अझै अनिश्चित छ।

६ . मंगल ग्रहमा मिथेन
मंगल ग्रहको वायुमण्डलमा मिथेन पत्ता लागेको छ, तर यो मिथेनको स्रोत भने थाहा हुन सकेको छैन ।

७ . शनिको रहस्यमय चन्द्रमा
शनिका केही चन्द्रमा जस्तै एन्सेलाडस र टाइटनले अद्वितीय विशेषताहरू प्रदर्शन गर्छन् । तिनको यस्तो चाल पछिका प्रक्रियाहरू बुझनु अझै पनि चुनौती कै रुपमा छ ।

प्रतिक्रिया