अष्ट्रेलियामाथि नाइजेरियाको पूनरागमन जित
नेपालखोज
२०८० साउन ११ गते १८:०७

ब्रिसवन । नाइजेरियाले फिफा महिला विश्वकप फुटबलमा सह आयोजक अष्ट्रेलियामाथि पूनरागमन जित निकालेको छ ।
नाइजेरियाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली अमेरिकामाथि ३–२ को सानदार जित निकालेको हो ।नाइजेरियाको पुनरागमन जितमा उचेना कानु, ओसिनाची ओहाले र एसीसाट ओसोएलाले गोल गरिन् । अष्ट्रेसलियाकी इमिली भान एगमोन्ड र एलाना केनिडीले गोल फर्काइन् ।
अष्ट्रेलियाको ब्रिसवनस्थित ब्रिसवन स्टेडियममा बिहीबार भएको प्रतिस्पर्धात्मक बनेको खेलमा गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया