साना किसान लघुवित्त र सनराईज क्यापिटलबीच सम्झौंता

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सनराईज क्यापिटलबिच सम्झौंता भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड २०८० आषाढ २४ गतेबाट मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार संचालन भए पश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बबरमहल, काठमाडौंकोे शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।
उक्त कार्यको लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठद्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया