नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन ११ गते २१:५७

उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश ।

राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला पार्याे ।

१६ अर्बभन्दा बढीको फलफूल आयात हुँदा केरा आयातबाटै बाहिरियो एक अर्ब ६२ करोड ।

चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने ।

फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने ।

कम्बोडियाका प्रधानमन्त्रीका छोरा उत्तराधिकारी ।

मेरिका फिफा महिला विश्वकप फुटबलमा हारबाट जोगिदा पोर्चुगलले सहज जित हात पार्याे ।

प्रतिक्रिया