शनिबार, वैशाख १३, २०८२

आँखाको फ्लू अर्थात कन्जन्क्टिभाइटिस

नेपालखोज २०८० साउन १२ गते ९:५७

आँखाको फ्लू अर्थात कन्जन्क्टिभाइटिसले अहिले बालबालिका तथा वयस्कहरूलाई आफ्नो चपेटामा लिइरहेको छ । यो एउटा यस्तो समस्या हो जसमा प्रयाप्त सावधानी अपनाउनु पर्छ अन्यथा परिवारका सबैजना एक पछी अर्को गरि पीडित हुन सक्छन् ।

यो मौसमी रोग हो त्यसैले यसबाट आत्तिनु पर्दैन । यति बेला सचेत र सजग हुन जरुरी छ । आँखामा बढि समस्या भए डाक्टरसँग परामर्श लिन सकिन्छ तर आफैले कुनै दबाइ वा आइ ड्रप प्रयोग गर्नु हुँदैन ।

के हो कन्जन्क्टिभाइटिस ?

यो सामान्यतया एलर्जीका कारण हुने समस्या हो । धेरै अवस्थामा यसका लागि ब्याक्टेरियाको संक्रमणलाई दोष दिइन्छ। भाइरल कन्जक्टिभाइटिस श्वासप्रश्वास प्रणाली वा नाक(कान वा घाँटीमा कुनै पनि प्रकारको संक्रमणको कारणले हुन्छ ।

यसमा सुरुमा एउटा आँखामा मात्र संक्रमण हुन्छ तर चाँडै अर्को आँखामा पनि सर्छ । सामान्यतया यो एक देखि दुई हप्तामा आफैंमा ठिक हुन्छ।

यद्यपि कतिपय अवस्थामा ब्याक्टेरियाका अनेक संक्रमण एकसाथ जोडिन्छन र यो समस्या गम्भीर हुन्छ । चिकित्सकको मदतले आफुलाइ कुन प्रकारको संक्रमण भएको हो पत्ता लगाउनुपर्ने हुन्छ ।

यसबाट भाइरसको स्ट्रेन पत्ता लाग्नुका साथै संक्रमित व्यक्तिमा भाइरससँगै ब्याक्टेरिया पनि छ कि छैन स्पष्ट हुन्छ । यसले उपचारलाई सहज बनाउनेछ । आँखाको यो समस्यामा ब्याक्टेरिया कारण भए एन्टिबायोटिक समेत खानुपर्ने हुनसक्छ ।

कन्जन्क्टिभाइटिसको लक्षण

  • आँखा रातो हुनु, पोल्नु
  • पहेंलो र टाँसिने तरल पदार्थ परेलाहरूमा जम्मा हुनु
  • आँखा घोच्नु तथा सुन्निनु
  • आँखा चिलाउनु र पानी आउनु ।

रोकथामको उपाय

  • संक्रमित व्यक्तिसँग हात मिलाउनु हुँदैन , न त उनको सामान छुनुहुन्छ
  • नियमित रूपमा साबुन वा सेनिटाइजरले हात सफा गरिरहनुपर्छ ।
  • आँखा सफा राख्ने र चिसो पानीले बारम्बार धुने ।
  • संक्रमित व्यक्तिको सम्पर्कमा नजाने । भीडभाड हुने ठाउँबाट टाढै बस्ने ।
  • बारम्बार आँखा नछुने ।
  • यदि संक्रमित आँखा छोइयो भने आफ्नो हात राम्रो सँग धुने ।

प्रतिक्रिया