एसियाली खेलकुद खेल्ने नेपालको क्रिकेट टोली घोषणा

नेपालखोज २०८० साउन १२ गते १५:१२

काठमाडौं । चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेट टोली घोषणा गरेको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई नेपाल क्रिकेट संघ(क्यान) ले १५ सदस्य टोली नाम पठाएको छ ।

क्यानले एक महिना अघिनै उक्त नाम राखेपलाई पठाएको र टोलीमा अव कुनै परिवर्तनको सम्भावना नरहेको समेत प्रष्ट पारेको छ ।

घोषणा टोलीमा विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादव खेलाडीले पूनरागमन गरेका छन् । यी तीन खेलाडीले लामो समयपछि टोलीमा पूनरागमन गरेका हुन् । नेपालले ओडिआईका आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीलाई टोली बाहिर राख्ने भएको छ ।

नेपालले टि२० लाई ध्यानमा राख्दै विकेटकिपर विनोद भण्डारी र विवेक यादवलाई टोलीमा बोलाएको छ । अभिनाश बोहरालाई पनि टि२० विशेष खेलाडीको रुपमा बोलाएको छ । अभिनाश नेपालका डेथ ओभर स्पेलिष्ट बलर समेत हुन् । उनको आगमनले नेपालको डेथ ओभर बलियो बन्नेछ ।

नेपालको टोली :

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी ।

प्रतिक्रिया