यी हुन् टि-२० विश्वकप खेल्ने देश

काठमाडाैं । आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने टि – २० विश्वकप खेल्ने २० मध्ये १५ देसको टुङ्गो लागेको छ। १२ वटा देसले सोझै टि – २० विश्वकपमा स्थान बनाउँदा तीन देसले क्षेत्रिय छनोट पार गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेका हुन् ।
टि-२० विश्वकप २०२४ मा अमेरिका र वेस्टइन्डिज आयोजकका रुपमा सोझै छनोट भएका थिए । यसैगरी गतवर्ष सम्पन्न टि – २० विश्वकपको शीर्ष ८ मा रहने अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरलयान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सोझै विश्वकपमा पुगेका थिए ।
त्यस्तै अफगानिस्तान र बंगलादेशले टि-२० शीर्ष वरियताका कारण सोझै स्थान बनाएका छन् । युरोप क्षेत्र छनोटबाट आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका छन् । यता इस्ट एसिया प्यासिफिक छनोटबाट पपुवा न्युगिनी एक खेल अगावै विश्वकप स्थान बनाएको छ ।
अव तीन क्षेत्रको छनोटबाट पाँच वटा देसले विश्वकपमा स्थान बनाउने छन् । अमेरिका क्वालिफायर्सबाट एक, एसिया क्वालिफायर र अफ्रिका क्वालिफायरबाट समान दुई देसले विश्वकपमा स्थान बनाउनेछन् ।
एसिया टि-२० विश्वकप छनोट आगामी अक्टोबर ३० देखी नोभेम्बर ९ सम्म नेपालमा आयोजना हुँदैछ । उक्त प्रतियोगितामा नेपाल, हङकङ, युएई, ओमान, बहराइन र सिंगापुर मध्ये बाट दुई देस छनोट हुनेछन् । यो २०१४ पछि नेपालका लागि पुन टि – २० विश्वकप खेल्ने अपुर्ब अबसर हुनेछ ।
टि-२० विश्वकप- २०२४ खेल्ने पक्का भएका १५ देश
अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरलयान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, स्कटल्यान्ड, आयरल्यान्ड तथा पपुवा न्युगिनी ।

प्रतिक्रिया