आरपिएफका जवानले गुडिरहेको रेलमा गोली हानेर गरे ४ जनाको हत्या
नेपालखोज
२०८० साउन १५ गते १०:५९

भारत । भारत- महाराष्ट्रमा रेलवे सुरक्षा बल (आरपिएफ) का एक जवानले गुडिरहेको रेलमा गोली हानेर चार जनाको हत्या गरेका छन् ।
जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा सवार चारजनालाई सोमबार गोली हानिएको भारतीय मिडियाले जनाएका छन् । गोली लागेर चारै जनाको मृत्यु भएको छ । रेलवे सुरक्षा बलले आरोपितलाई पक्राउ गरेको छ ।
पश्चिम रेलवेका अनुसार पालघर स्टेसन पार गरेपछि एक आरपीएफ जवानले चलिरहेको रेल जयपुर एक्सप्रेसभित्र गोली चलाएका थिए । घटना आज बिहान भारतीय समयअनुसार पाँच बजेर २३ मिनेटमा घटेको हो ।
प्रहरीले गोली चलाउने आरपिएफका जवानको मानसिक अवस्था ठीक नभएको जनाएको छ। ती जवानको नाम चेतन कुमार हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया