मंगलबार, जेठ १, २०८१

स्पेनमाथि जापानको ४–० को सानदार जित

नेपालखोज २०८० साउन १५ गते १६:४२

काठमाडाैं । वेलिङटन – उपाधि दावेदार स्पेनमाथि सानदार जित निकाल्दै एसियाली राष्ट्र जापान समूह विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनमाथि ४–० को सानदार जित निकाल्दै जापान समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । हारका बावजुत स्पेन पनि समूहको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।

यस जितले अपराजित रहेको जापानले तीन खेलबाट ९ अंक बटुल्यो । जापानसँग पराजित स्पेन ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । यो समूहमा जाम्वियाले ३ तथा कोस्टा रिका अंकविहीन बनेर बाहिरियो ।

अब जापानले प्रि–क्वाटरफाइनलमा समूह ‘बी’ को उपविजेता नर्वेसँग तथा स्पेनले समूह ‘ए’ को विजेता स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

सोमबार नै ह्यामिल्टनमा भएको यही समूहको अर्काे खेलमा जाम्वियाले कोस्टा रिकालाई ३–१ ले पराजित गर्दै समूहमा सान्त्वना जित निकालेको छ । जाम्वियाको जितमा लुसोमो मेम्वा, बारब्रा बन्डा र रचेल कुन्दानान्जीले गोल गरिन् ।

प्रतिक्रिया