विमानमा शान्त भएर नेल्सन मण्डेलाले अरूलाई साहस दिए

नेपालखोज २०८० साउन १७ गते ६:००

दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेला एक पटक आफ्ना सहकर्मी रिचर्डसँग विमानमा यात्रा गर्दै थिए । मण्डेलालाई पत्रपत्रिका पढ्न मन पर्थ्यो।

त्यसैले हवाईजहाजमा चढ्नेबित्तिकै उनि अखबार निकाल्थे । विमानमा मण्डेला झ्यालको छेउमा बसेका थिए र उनका सहयोगी रिचर्ड उनको छेउमा । जब मन्डेलाले झ्याल बाहिर केही देखे, उनले अखबार अुहारबाट हटाए र रिचर्डलाई झ्याल बाहिर हेर्न इशारा गरे ।

जब रिचर्डले झ्यालबाट हेरे, उनले विमानको प्रोपेलर घुम्न छोडेको पाए । रिचर्डलाई डराएको देखेर मण्डेलाले शान्त स्वरमा भने, रिचर्ड, तपाई पाइलटलाई प्रोपेलरले काम गरिरहेको छैन भन्ने कुरा बताउन चाहानुहुन्छ ? र रिचर्डले भने, ‘हो, माडिबा।’ पाइलटलाई यस बिषयमा पहिले नै जानकारी थियो। उसले भन्यो, पछाडि जाऊ र आफ्नो सिटमा बस। हामीले विमानस्थलमा फोन गरेका छौं ।

त्यहाँ एम्बुलेन्स छ र हामी जे गर्न सक्छौं गर्दैछौं। जब रिचर्ड आफ्नो सिटमा फर्किए र मन्डेलालाई सबै कुरा भने । त्यसपछि मन्डेला अनुहार छोपेर फेरि अखबार पढ्न थाले । केही समयपछि विमान सहज रूपमा विमानस्थलमा अवतरण भयो र कुनै अप्रिय घटना भएन।

एयरपोर्टमा विमानबाट सकुशल निस्किएपछि मण्डेलाले रिचर्डतिर फर्केर भने, ‘यार, कसैलाई नभन तर म विमानमा निकै डराएको थिएँ । मैले नडराउने बहाना मात्र गरिरहे। रिचर्ड भन्छन मण्डेला निकै साहसी व्यक्ति हुन् र उनी समस्यामा पनि शान्त रहन जान्दथे। उनले मुस्कुराउँदै भने, मदिबा, तिमि नडराएको देखेर म पनि शान्त भए ।

प्रतिक्रिया