शनिबार, वैशाख २९, २०८१

अगस्टमा लन्च हुने आकर्षक स्मार्टफोन

नेपालखोज २०८० साउन १७ गते १७:४६

काठमाडाैं । यो अगस्त महिनामा एक सय एक स्मार्टफोन लन्च हुन तयार छन् । यी स्मार्टफोनमा मिड रेन्ज तथा प्रिमियम स्मार्टफोनहरु छन्। वान प्लस (OnePlus) तथा शाओमि (Xiaomi) ब्रान्डका नयाँ स्मार्टफोन भने यो महिना पछि लन्च हुनेछन्।

Redmi 12 5G

  • लन्च डेट – १ अगस्ट २०२३
  • अनुमानित मूल्य – १६ हजार रुपैयाँ शाओमि ( Xiaomi ) को सब-ब्रान्ड रेडमि (Redmi ) ले Redmi 12 5G स्मार्टफोन सार्वजनिक गर्दैछ । ६.७९ इन्चको फुलएचडी प्लस डिस्प्ले रहेको य‍ो फोन ९० हर्ट्ज रिफ्रेस रेट सपोर्टका साथ उपलब्ध छ। यो फोनमा ५० एमपी प्राइमरी क्यामेरा सेटअपका साथ Qualcomm Snapdragon 5 Gen 2 चिपसेट समर्थन प्रोसेसर दिइएको छ ।

मोटोरोला G14

  • लन्च डेट – १ अगस्ट २०२३
  • सम्भावित मूल्य – १६ हजार रुपैयाँ मोटोरोला जी१४ स्मार्टफोनमा ६.५ इन्चको फुलएचडी प्लस डिस्प्ले सपोर्ट दिइएको छ । यो फोनमा Unisoc T616 चिपसेट सपोर्ट रहेको छ भने ५० एमपी रियर क्यामेरा सेटअप छ । डोल्बी एटमस समर्थित डुअल रियल स्टेरियो स्पिकर मोटोरोला G14 को खास बिशेषता ह‍ो । यो फोन ५००० एमएएच ब्याट्री सपोर्टको साथ आउनेछ।

Infinix GT 10 Pro

  • लन्च डेट – ३ अगस्ट २०२३
  • सम्भावित मूल्य – १६ हजार रुपैयाँ Infinix GT 10 Pro स्मार्टफोनमा ६.६७ इन्च फुलएचडी प्लस डिस्प्ले सपोर्ट रहनेछ। यो फोनमा 120Hz AMOLED डिस्प्ले दिइदैछ । प्रोसेसर सपोर्टका रूपमा Infinix GT 10 Pro मा MediaTek Dimensity 8050 chipset जडान गरिएको छ । यो फोनमा 108MP क्यामेरा सेटअप रहने बताइएको छ ।

Samsung Galaxy F34 5G

Samsung Galaxy F34 5G स्मार्टफोनमा ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहनेछ । यसको रिफ्रेस रेट 120Hz छ। यो फोनमा ६,००० एमएएचको ठूलो ब्याट्री दिइएको छ ।

प्रतिक्रिया