यस्ताे छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया