शनिबार, पुष ५, २०८२

मोबाइलको बढ्दाे लत : चिनले बालबालिकाको स्मार्टफोन प्रयोग सीमित गर्ने

नेपालखोज २०८० साउन १८ गते १८:२४

काठमाडाैं । बालबालिकाको बढ्दो मोबाइलको लतले अहिले पुरै विश्व त्रसित छ । यसक्रममा चीनको इन्टरनेट अनुगमन निकायले बालबालिकालाई लामो समयसम्म स्मार्टफोनको प्रयोगमा रोक लगाउने नियम बनाएको छ ।

साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी)ले आफ्नो साइटमा यस सम्बन्धमा मस्यौदा दिशानिर्देशहरू प्रकाशित गरेको छ । संस्थाको यो कदमले सामाजिक सञ्जाल प्लेटफर्म र अनलाइन गेम सञ्चालन गर्ने टेनसेन्ट (Tencent ) र बाइटडान्स (ByteDance) जस्ता कम्पनीहरूलाई स्तब्ध बनाएको छ ।

मस्यौदा अनुसार नाबालिगले राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइलमा इन्टरनेट चलाउन पाउने छैनन् भने १६ देखि १८ वर्षका किशोरकिशोरीले दिनमा दुई घण्टा मात्र इन्टरनेट चलाउन पाउनेछन् । यस अनुसार ८ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिनमा एक घण्टा मात्र स्मार्टफोन प्रयोग गर्न दिइनेछ । आठ वर्ष मुनिका बालबालिकालाई ४० मिनेट मात्र मोबाइल समय दिइनेछ ।

यसमा नाबालिगहरूको शारीरिक एवं मानसिक विकासका लागि उपयुक्त मानिएका केही एप्स र प्लेटफर्महरू जस्ता सेबालाई मात्र छुट दिइनेछ । यद्यपि कुन कुन इन्टरनेट सेवालाई छुट दिइने भन्ने कुरा भने खुलाइएको छैन । साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइनाका अनुसार मानिसहरूले सेप्टेम्बर २ सम्म यो मस्यौदा दिशानिर्देशहरूमा आफ्नो सुझाव दिन सक्छन् । यो नयाँ नियम कहिलेदेखि लागू हुने भन्नेबारे भने केही स्पष्ट छैन ।

मोवाइलको अत्याधिक प्रयोगले सारा विश्व नै त्रसित छ । बच्चाहरू मोबाइलमा घण्टौंसम्म गेम खेल्छन् र भिडियो बनाउँछन् । यस विषयमा धेरै विज्ञहरुले प्रश्न उठाउँदै आएका छन् । यहि कारणले ठाउँ/ठाउँमा बालबालिकाको मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउन माग समेत भइरहेको छ ।

प्रतिक्रिया