आँखाको भाइरल इन्फेक्सन भए के गर्ने ?

नेपालका विभिन्न प्रदेशमा आँखाको फ्लूको जोखिम बढ्दै गएको छ । अहिले दैनिक रुपमा सैकडौं मानिस आँखा रातो हुने, चिलाउने र घोच्ने समस्या लिएर स्वास्थ्य केन्द्रहरुमा पुगिरहेका छन् । सहरमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ ।
आँखा फ्लू के हो ?
आँखाको फ्लू एउटा भाइरल इन्फेक्सन हो जसका कारण हाम्रो आँखा रातो हुन्छ र त्यसबाट तरल पदार्थ निस्कन थाल्छ । तरल पदार्थ निस्कने कारणले आँखा सुन्निन्छ र प्रष्ट देखिँदैन । विज्ञहरूका अनुसार कतिपयमा यो संक्रमणले दृष्टिमा पनि समस्या ल्याउने गरेको छ । आँखाको फ्लू अर्थात् कन्जक्टिभाइटिस एकदेखि दुई हप्तामा आफै निको हुने चिकित्सकहरु बताउँछन् । साना बालबालिकाहरु पनि यो फ्लुको चपेटामा पर्दै आएका छन् ।
कसरी उपचार गर्ने ?
आँखाको फ्लूको उपचार ‘आँखाको फ्लू’ कस्तो छ भन्ने कुरामा भर पर्ने चिकित्सकहरू बताउँछन् । यदि आँखाको फ्लू भाइरल छ भने यस्तो आँखाको फ्लू स्वयम्(सीमित प्रकारको हुन्छ, जुन केही दिनपछि आफै निको हुन्छ। यस प्रकारको आँखाको फ्लूमा दुखाइ कम गर्ने औषधि तथा केही आवश्यक औषधिहरू लिन सकिन्छ। यसबाहेक आँखाको एलर्जी फ्लु तथा ब्याक्टेरियल फ्लूमा अनुसन्धान गरेर उपचार गर्नुपर्छ । यस प्रकारको आँखाको फ्लूमा आँखामा चिसोले सेक्दा आराम मिल्छ।
आँखा फ्लू कसरी फैलिन्छ ?
आँखा फ्लु एउटा भाइरल संक्रमण हो। यदि आँखाको फ्लूबाट संक्रमित व्यक्तिको सम्पर्कमा आइयो भने आफुलाई पनि भाइरस लाग्न सक्छ । यो भाइरस संक्रमित व्यक्तिको आँखाबाट निस्कने आँसुको सम्पर्कमा आउने व्यक्तिमा सर्छ। यससँगै संक्रमित व्यक्तिले खोकी वा हाच्छ्युँ बाट पनि संक्रमण फैलिन सक्छ ।
कति दिनमा निको हुन्छ ?
आँखाको फ्लू निको हुन सामान्यतया ५ देखि १० दिन लाग्छ तर यो प्रत्येक व्यक्ति अनुसार फरक ( फरक हुन सक्छ। आँखाको फ्लूको उपचार संक्रमण कति गम्भीर छ भन्नेमा भर पर्छ। आँखा विज्ञहरूका अनुसार संक्रमित व्यक्तिबाट ५ देखि ७ दिनसम्म दुरी कायम राख्नु जरुरी छ ।
आँखाको फ्लूको रोकथाम
आँखाको फ्लूबाट कसरी बच्ने भन्ने बिषयमा डाक्टरहरूको आ-आफ्नै विचारहरू छन्। यो संक्रमणबाट बच्न केही कुरा र नियमको पालना गर्नुपर्ने उनिहरुको भनाइ छ । जुन यस प्रकार छन् :
– यदि कुनै व्यक्ति आँखाको फ्लूबाट संक्रमित छ भने उसले नियमित रूपमा आफ्नो हात धुनुपर्छ। यसका साथै बारम्बार आँखा छुनु हुँदैन र वरपरको सरसफाइको ख्याल गर्नुपर्छ ।
– आँखाको फ्लु भएको व्यक्तिको ओछ्यान, तकिया, तौलिया र लुगा प्रयोग गर्नु हुँदैन ।
– संक्रमित व्यक्तिले बेलाबेलामा आँखा धोइरहनु पर्छ । काम नपरी घर बाहिर जानु हुँदैन । बाहिर जानु परे आँखामा कालो चस्मा लगाउनुपर्छ ।
– संक्रमित व्यक्तिलाई टिभी र मोबाइलबाट टाढा राख्नुपर्छ । संक्रमित व्यक्तिको आँखामा आँखा जुधाएर हेर्नू हुँदैन ।
के यसमा ज्वरो पनि आउन सक्छ ?
– आँखा रातो हुने, चिलाउने, उज्यालो प्रतिको संवेदनशीलता, आँखामा चिल्लोपन तथा आँखाबाट पानी बग्नु यसका केहि लक्षण हुन्। यो भाइरसबाट संक्रमित व्यक्तिलाई ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्या हुनसक्ने आँखा विशेषज्ञहरु बताउँछन् ।
आँखामा फङ्गल संक्रमणको मुख्य कारण
आँखामा फङ्गल इन्फेक्सन हुनुको मुख्य कारण आँखामा चोटपटक लाग्नु पनि हुनसक्ने आँखा विशेषज्ञहरू बताउँछन् । वास्तवमा आँखामा काठ वा काँडाको चोट लाग्दा त्यसको फंगस नै आँखामा संक्रमणको कारण बन्छ । विज्ञहरू भन्छन् ( बिरुवामा फ्युसेरियम हुन्छ जुन चोट लागेपछि आँखामा प्रवेश गर्छ र संक्रमण गराउँछ ।
घरमा आँखाको उपचार कसरी गर्ने
आँखाको फ्लू जस्तो भाइरसको घरमै उपचार गर्न सकिने विज्ञहरू बताउँछन् । गर्मीमा मानिसहरु कागतीको सरबत पिउँछन । यसले आँखा पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका साथै काक्रालाई फ्रिजमा राखेर चिसो बनाउने । चिसो भएपछि त्यसलाई टुक्रा पारेर आँखामा राख्ने । यसो गर्नाले आँखाको जलनबाट छिट्टै छुटकारा प्राप्त गर्न सकिन्छ ।
यसका साथसाथै आँखालाई चिसो बनाउन आलुको रस पनि प्रयोग गर्न सकिन्छ । यसले आँखाको दुख्ने र पोल्ने समस्यामा पनि आराम मिल्छ ।
प्रतिक्रिया