माओवादी केन्द्रीय समिति बैठक : बाँकी सदस्यले धारणा राख्ने

नेपालखोज २०८० साउन २० गते ७:०८

काठमाडौं । नेकपा माओवादी (केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ-आफनो धारणा राखिसकेका छन् । 

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया