बुधबार, असोज ३०, २०८१

एआई जेनरेटेड तस्बिर तथा डीपफेक विरुद्ध  गुगलको नयाँ टुल, यसले के गर्छ ?

नेपालखोज २०८१ असोज ३ गते ११:४३
Photo forbes

काठमाडााैं । गुगलले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को मदतले बनाइएका नक्कली तथा डिपफेक तस्बिरहरूको पहिचान गर्न नयाँ टुल ल्याएको छ। गुगलका अनुसार  गुगल छवि लेन्स र सर्कल टु सर्च (Google Images Lens तथा Circle to Search ) मा देखिने तस्बिरको जानकारीले उक्त तस्बिर एआई उपकरणद्वारा सिर्जना गरिएको हो कि होइन भनेर निर्धारण गर्न मद्दत मिल्नेछ । गुगलले युट्युबका लागि पनि यस्तै उपकरण निर्माण गरिरहेको बताएको छ । 

गुगलले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट बनाइएका तस्बिरहरू पहिचान गर्न यो नयाँ टुल तयार गरेको हो । गुगल यो वर्षको फेब्रुअरीदेखि कन्टेन्ट प्रोभेन्स एण्ड अथरिटी (C2PA) को सक्रिय सदस्य हो। यो संस्थाले नयाँ प्रविधिको मापदण्डको विकासका लागि काम गर्छ। यसका साथै गुगलले एआई जेनरेटेड कन्टेन्टका लागि वाटरमार्क सिर्जना गर्ने उपकरणमा पनि काम गरिरहेको छ। 

अहिले एआई जेनरेटेड तस्बिरमाको चलन द्रुत गतिमा बढिरहेको छ। यस्ता तस्बिरहरू प्रम्प्ट मार्फत तयार हुन्छन् र कहिलेकाहीँ वास्तविक जस्तै देखिन्छन् । यस्तो अवस्थामा ती तस्बिरले धेरै प्रकारका जोखिम बोकेका हुन्छन् । डीपफेक तस्बिरहरू यसका उदाहरण हुन्, जुन गलत जानकारीका लागि परिचित छन्। 

तुलनात्मक रूपमा सुरक्षित प्रविधि 

गुगलले आफ्नो ब्लग पोस्ट मार्फत दिएको जानकारी अनुसार यसले सङ्गठनका अन्य सदस्यहरूसँग मिलेर कन्टेन्ट क्रेडेन्सियल नामक प्रविधि मानक ( टेक्नोलोजी स्टेन्डर्ड ) को थप सुरक्षित संस्करण प्रस्तुत गरेको छ । नयाँ प्रविधिलाई पहिलेको तुलनामा बलियो र कुनै पनि प्रकारको टेम्परिङका लागि बढी प्रभावकारी ( इफेक्टिभ ) बनाइएको छ। यो उपकरण (एआइ ) AI तस्बिरहरू लाई लेबल गर्न प्रयोग गरिनेछ। 

गुगलले यो जानकारी गुगल इमेज , लेन्स तथा सर्कल टु सर्चमा देखा पर्ने तस्बिरहरूका लागि उपयोगी हुने बताएको छ । प्रयोगकर्ताहरूले कुनै पनि तस्बिरको अबाउट दिस इमेज ( About this image ) सेक्शनमा गएर सम्बन्धित तस्बिर कुनै पनि प्रकारको एआई उपकरणको मद्दतले सिर्जना गरिएको हो कि होइन कुनै  सम्पादन गरिएको हो कि होइन भनेर निर्क्योल गर्न सक्नेछन्  । 

यसका साथै  गुगलले आफ्नो विज्ञापन प्रणालीलाई C2PA मेटाडेटासँग एकीकृत गर्ने योजना पनि बनाएको छ। यस डेटाले भविष्यमा कम्पनीको प्रमुख नीति र नियमहरूका बारेमा जानकारी प्रदान गर्नेछ। यससँगै कम्पनीले युट्युबमा प्रयोगकर्ताहरूलाई C2PA को जानकारी उपलब्ध गराउने उपायमा पनि काम गरिरहेको छ जसले गर्दा प्रयोगकर्ताहरूले कुनै चलचित्र भिडियो क्यामेराबाट खिचिएको हो वा डिजिटल रूपमा सिर्जना गरिएको हो थाहा पाउन सक्छन्।

प्रतिक्रिया