फिफा महिला विश्वकपः स्पेन क्वार्टरफाइनलमा

नेपालखोज २०८० साउन २० गते १३:५७

काठमाडौं । स्विटजरल्यान्डलाई ५–० ले हराउँदै स्पेन फिफा महिला विश्वकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।न्युजिल्यान्डको अकल्यान्डमा स्पेनले सानदार प्रदर्शन गर्दै उपाधि दाबेदारी बलियो बनाएको हो । प्रतियोगिताको चार खेलमा स्पेनले १३ गोल गरिसकेको छ ।

४३ हजार दुई सय १७ समर्थकमाझ बोनमटीले पाँचौ मिनेटमा अग्रता बनाइन् । कोडिनाले आफ्नो पोष्टमा गोल गर्दा ११औं मिनेटमा खेल १–१ को बराबरीमा पुग्यो । रेडोन्डाले १७औं मिनेटमा गोल गर्दा स्पेनले २–१ को अग्रता बनायो ।

कोडिनाले ४५ मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफमै ४–१ को अग्रता लियो । हेर्माेसोले ७०औं मिनेटमा गोल गर्दा स्पेनले ५–१को प्रभावशाली जित निकालेको हो ।  – Hamrokhelkud

प्रतिक्रिया