धेरै बाडुलि लागे के गर्ने ?
नेपालखोज
२०८० साउन २१ गते १०:३३

हामिलाई जुनसुकै बेला बाडुलि लाग्न सक्छ । कतिपय अवस्थामा बाडुलि लागेपछि यसले रोकिने नाम लिदैन । खराब खानपानका कारण पनि बाडुलि लाग्न सक्छ, यसबाहेक केही गम्भीर रोगमा पनि बाडुलि लाग्ने गर्छ ।
यदि बाडुलि केहि समय मा कम हुन्छ भने त्यो खानाका कारणले भएको हुन सक्छ, तर यदि बारम्बार बाडुलि आउँछ र लामो समय सम्म रोकिदैन भने डाक्टर संग परामर्श गर्नुपर्छ । केही घरेलु उपाय (बाडुलि रोक्ने ) अपनाएर पनि बाडुलि रोक्न वा कम गर्न सकिन्छ ।
घरेलु उपचार
- बाडुलि लागे १ गिलास मनतातो पानीमा केही पुदिनाको पात, एउटा कागतीको रस तथा एक चिम्टी नुन मिसाएर पिउन सकिन्छ । यसले बाडुलि बन्द हुन्छ र पेटमा ग्यास छ भने पनि राहत मिल्छ ।
- बाडुलि रोक्न एक चौथाई चम्चा हींङको धूलो आधा चम्चा बटरमा मिसाएर खाँदा बाडुलि बन्द हुन्छ ।
- सुक्खा अदुवाको धूलो र हर्रोको धूलो बराबर मात्रामा लिएर आधा चम्चा पानीमा मिसाइ सेवन गर्दा पनि बाडुलि बन्द हुन्छ ।
- अत्याधिक बाडुलि लाग्ने समस्यामा कागतीको टुक्रा चुस्न सकिन्छ । यसले निकै राहत दिन्छ ।
- अलैंचीको पानी बाडुलि रोक्न लाभदायक हुन्छ । एक गिलास पानीमा २ वटा अलैंची उमालेर मनतातो पारेर पिउने ।
- महले पनि बाडुलिमा राहत दिन्छ। यसका लागि १ चम्चा मह सेवन गर्न सकिन्छ ।
- बाडुलिको समस्यामा अदुवाको सानो टुक्रा लिएर बिस्तारै चपाउने । यसले बाडुलि रोक्न सक्छ ।
(यो लेख सामान्य जानकारीका लागि मात्र हो । कुनै पनि समस्यामा डाक्टरसँग परामर्श गर्नु उपयुक्त हो ।)
सम्बन्धित
प्रतिक्रिया