आइतबार, वैशाख १६, २०८१

उच्च कोलेस्ट्रोल र उच्च कोलेस्ट्रोलका लक्षणहरु

नेपालखोज २०८० साउन २२ गते ५:५०

काठमाडौं । शरीरमा कोलेस्ट्रोलको मात्रा २०० mg/dL भन्दा बढी हुँदा त्यसलाई उच्च कोलेस्ट्रोल मानिन्छ। उच्च कोलेस्ट्रोलले शरीरलाई चुपचाप क्षति पुर्‍याउँछ र हामिलाई धेरै घातक रोगहरूको जोखिममा राख्छ ।

यदि शरीरमा कोलेस्ट्रोल बढ्यो भने यसको प्रारम्भिक लक्षण आँखा, खुट्टा र जिब्रोमा देखा पर्दछ जसका कारण हामी कोलेस्ट्रोलको बारेमा सचेत हुन सक्छौं।

कोलेस्ट्रोल के हो ?

हाम्रो शरीरको कोलेस्ट्रोल मोम जस्तै टाँसिने पदार्थ हो जसले हृदयघात वा स्ट्रोकको जोखिम बढाउँछ। हाम्रो शरीरमा कोलेस्ट्रोल पनि दुई प्रकारको हुन्छ । एक एलडिएल ( LDL ) कोलेस्ट्रोल, जुन मुटुको लागि हानिकारक छ। शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा बढ्दा धेरै रोगहरू निम्तिन्छ । जबकि एचडीएल (HDL ) कोलेस्ट्रोल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

खुट्टामा उच्च कोलेस्ट्रोलको लक्षण

खुट्टामा उच्च कोलेस्ट्रोलको सबैभन्दा सामान्य लक्षण दुखाइ तथा ऐंठनका रूपमा देखा पर्दछ । धेरैलाई लगातार भुइँमा बस्न पनि गाह्रो हुन्छ । खुट्टाको धमनीमा रगतको प्रवाह सुचारु हुन नसक्दा मांसपेशीमा दुखाइ, ऐंठन, सुन्न हुने र थकान देखापर्न थाल्छ । यस्ता लक्षण देखा परे तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

आँखामा उच्च कोलेस्ट्रोलको लक्षण

शरीरमा कोलेस्ट्रोल उच्च हुँदा आँखा पनि छिटो प्रभावित हुन्छ । यसमा आँखा कमजोर हुन थाल्छ र चश्माको पावर पनि बढ्न सक्छ भने छालामा कडापन पनि आउन थाल्छ । आँखा मुनिको छालामा सुन्तला वा पहेँलो धब्बा देखिन्छ। यी शरीरमा कोलेस्ट्रोल बढेको लक्षण हुन् ।

जिब्रोमा कोलेस्ट्रोलको लक्षण

उच्च कोलेस्ट्रोलले जिब्रोलाई पनि असर गर्न सक्छ। कोलेस्ट्रोल बढे सास गन्हाउने वा मुखबाट दुर्गन्ध आउने हुन सक्छ। जिब्रोको टुप्पोमा बैजनी नीलो रंग पनि कोलेस्ट्रोल बढेको संकेत हो।

कोलेस्ट्रोल बढ्यो भने के हुन्छ ?

जब शरीरमा कोलेस्ट्रोलको मात्रा २०० mg/dL भन्दा बढी हुन्छ, त्यसलाई उच्च कोलेस्ट्रोल मानिन्छ। जीवनशैलीमा सामान्य परिवर्तनले पनि कोलेस्ट्रोलको स्तर घटाउन सक्छ । कोलेस्ट्रोललाई साइलेन्ट किलर भनिन्छ किनभने यसले स्वास्थ्यमा निकै खतरनाक असर गर्छ।

विशेष टिप्पणी : यी सुचना तथा सुझावहरु सामान्य जानकारीका लागि मात्र हुन् । यसलाई कुनै डाक्टर वा चिकित्सा पेशेवरको सल्लाहका रूपमा नलिनुहोला । रोग वा संक्रमणको लक्षणका मामिलामा डाक्टर संगको परामर्श अनिवार्य छ ।

प्रतिक्रिया