आइतबार, वैशाख १६, २०८१

आकर्षक पुरूष गुण

नेपालखोज २०८० साउन २२ गते ६:०७

काठमाडौं । आचार्य चाणक्यले आफ्ना नीतिहरूमा यस्ता धेरै कुराहरू बताएका छन जसलाई अपनाएर मानिसले आफ्नो जीवन सरल र सुखी बनाउन सक्छ ।

यसबाहेक आचार्य चाणक्यले आफ्नो नीतिमा आकर्षक ब्यक्तितब भएका पुरुषका बारेमा पनि उल्लेख गरेका छन् । आचार्य चाणक्यले यस्ता पुरुषहरुको उल्लेख गरेका छन् जसप्रति महिलाहरु छिट्टै आकर्षित हुन्छन् ।

सरल स्वभाव

आचार्य चाणक्यको भनाइ छ – जो पुरुष धैर्यवान , शान्त र संयमित स्वभावका हुन्छन् त्यस्ता पुरुषप्रति महिलाहरु चाँडै आकर्षित हुन्छन् । पुरुषको यस्तो गुणले महिलालाई निकै आकर्षित गर्छ । त्यस्ता व्यक्तिहरू निर्णय लिन पनि सक्षम हुन्छन्। त्यसैले पनि महिलालाई पुरुषको यो गुण मन पर्छ ।

शानदार व्यक्तित्व

आचार्य चाणक्यले भनेका छन् – महिलाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा कुनै पनि पुरुषको व्यक्तित्व हो। महिलालाई व्यक्तित्वको धनी पुरुष मन पर्छन अर्थात् महिलाहरूले पुरुषले अरूप्रति कस्तो व्यवहार गर्छ भन्ने कुरामा ध्यान दिन्छन् । त्यसैले मानिसको व्यक्तित्व राम्रो हुनुपर्छ भनिएको हो ।

सहासि पुरुष

आचार्य चाणक्य भन्छन् – मानिस साहसी हुनुपर्छ । जो पुरुष साहसी हुन्छन् त्यस्ता व्यक्तिले महिलालाई छिट्टै लोभ्याउँछन् । चाणक्य नीति अनुसार महिलाहरु त्यस्ता साहसी पुरुषलाई मन पराउँछन् जो संकटमा उनीहरूको ढालका रूपमा खडा हुन्छन् ।

अहंकारहिन

जुन पुरुषमा अहंकारको भावना हुँदैन त्यस्ता पुरुषले पनि महिलालाई आकर्षित गर्छन् । आचार्य चाणक्यको भनाइ छ – अहंकार नहुने र स्वभावले सरल पुरुष महिलालाई मन पर्छ । त्यसैले चाणक्य भन्छन् – कुनै पनि सम्बन्ध कायम राख्न व्यक्ति भित्र अहंकारको भावना हुनु हुँदैन । चाणक्य नीतिले सम्बन्धमा मिठास कायम राख्न पुरुषले ईगोबाट टाढा रहनुपर्ने बताएको छ ।

प्रतिक्रिया