नाइजेरियालाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

नेपालखोज २०८० साउन २२ गते १७:२१

काठमाडाैं । टाइब्रेकरमा नाइजेरियालाई पराजित गर्दै इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेको हो ।निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा लिइदा इंग्ल्यान्डले बाजी मारेको हो ।

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्विया र जमैकाबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ । यि दुई टोलीले ८ अगस्टमा खेल्दैछ ।

प्रतिक्रिया