श्रीलङ्कामा खानेपानीको अभाव

नेपालखोज २०८० साउन २३ गते ८:०४

श्रीलङ्काका १२ जिल्लामा खडेरीका कारण खानेपानीको अभाव भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ ।

डीएमसीका महानिर्देशक सुदन्थ रणसिङ्घेले ४८ हजारभन्दा बढी घरपरिवारका १ लाख ५६ हजार मानिस खडेरीबाट प्रत्यक्ष प्रभावित भएको बताएका छन् ।

यी घरधुरीलाई खानेपानी उपलब्ध गराउन केन्द्रले आवश्यक कदम चालेको पनि उनले बताए । डीएमसीका अनुसार दक्षिण एसियाली टापु देशमा खडेरी सामान्यतया मनसुन शुरु हुने ढिलाइ वा वर्षाको अस्थायी परिवर्तनशीलताका कारण हुन्छ ।

प्रतिक्रिया