२८ अंकले घट्दा एक अर्ब ७३ करोडको सेयर किनबेच

नेपालखोज २०८० साउन २३ गते १५:२९

काठमाडौं । नेप्सेको निरन्तरको गिरावटले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव २१ अंकले घटेको नेप्से आज पुन २८ दशमलव ४० अंकले घटेर दुई हजार १९ दशमलव ८५ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८६ अंकले घटेर तीन सय ८५ दशमलव ५६ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको ७४ हजार दुई सय ५७ पटकको कारोबारमा ४८ लाख ६० हजार सात सय ४१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ७३ करोड ७० लाख १४ हजार चार सय ९९ रुपैंयाँ ५६ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव २५ अंकले घटेर १२ सय ५९ दशमलव ८६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६६ दशमलव ६८ अंकले घटेर तीन हजार सात सय ७७ दशमलव ९८ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ४८ दशमलव शुन्य एक अंकले घटेर १७ सय ३१ दशमलव ११ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३८ दशमलव ५२ अंकले घटेर दुई हजार एक सय ६६ दशमलव ३८ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ९६ दशमलव शुन्य एक अंकले घटेर ११ हजार एक सय दशमलव ५५ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १२ दशमलव २५ अंकले घटेर १० हजार चार सय ८४ दशमलव १२ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः ८४ दशमलव ३६, शुन्य दशमलव ५१, ७३ दशमलव ६१, ६० दशमलव ९८, शुन्य दशमलव १०, २६ दशमलव ७९ र ७७ दशमलव ३५ अंकले घटेका छन् ।

नेप्सेमा आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर सात सय ५९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्लोवल आईएमई बैंकको ऋणपत्र २०८१ को प्रतियुनिट सेयर मुल्य नौं प्रतिशतले घटेर नौं सय ७८ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता पाँच सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा १७ करोड ८९ लाख ३२ हजार दुई सय दुई रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया