कोलम्विया जारी महिला विश्वकपको क्वाटरफाइनलमा

नेपालखोज २०८० साउन २४ गते ६:३०

काठमाडाैं । कोलम्विया जारी फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रि–क्वाटरफाइनलमा जमैकालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हाे ।

कोलम्वियाको जितमा दोस्रो हाफमा क्याटलिना उस्मीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५१औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।

अब कोलम्वियाले क्वाटरफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डले सोमबार नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अन्तिम आठमा स्थानमा स्थान बनाइसकेको छ । यि दुई टोलीको खेल १२ अगस्टमा हुनेछ । आज नै अन्तिम प्रि–क्वाटरफाइनलमा फ्रान्स र मोरोक्कोबीच केहीवेरमा प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया