पाकिस्तानमा इमरान खानले अब पाँच वर्ष राजनीति गर्न नपाउने
नेपालखोज
२०८० साउन २४ गते ११:३६

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइएको छ।
भ्रष्टाचारको अभियोग पक्राउ परेका खानलाई तीन वर्षको जेल सजाय घोषणा भएको तीन दिनपछि पाकिस्तानको निर्वाचन आयोगले उक्त निर्णयको सार्वजनिक गरेको हो।
मङ्गलवारको निर्णयको अर्थ खान सांसद पदबाट पनि मुक्त हुने छन्।
उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक दुरशायबाट प्रेरित भएको दाबी गरेका छन्। यद्यपि पाकिस्तान सरकारले त्यसको खण्डन गरेको छ।
सम्बन्धित








प्रतिक्रिया