शुक्रबार, वैशाख १२, २०८२

राम्रो पोषणले क्षयरोग संक्रमण घटाउन सक्छ : ल्यान्सेट

नेपालखोज २०८० साउन २५ गते ८:३८

काठमाडाैं । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) द्वारा समर्थित एक अनुसन्धान परीक्षणले क्षयरोगीका परिवारका सदस्यहरूको पोषणमा सुधार गरे य‍ो रोगलाई ४० प्रतिशतसम्म कम गर्न सक्ने कुरा पत्ता लगाएको छ । राम्रो आहार र पोषणले संक्रमित बिरामीहरूसँग बस्ने कमजोर मानिसहरूमा क्षयरोग (टीबी)लाई रोक्न मात्र मद्दत गर्दैन बिरामीहरूको मृत्युदर पनि कम गर्छ -अनुसन्धानकर्ताहरूले भनेका छन् ।

यो निष्कर्ष आईसीएमआरका दुई नयाँ अध्ययनको नतिजा हो जुन द ल्यान्सेट र द ल्यान्सेट ग्लोबल हेल्थ जर्नलमा प्रकाशित भएको छ । उनीहरूले झारखण्डमा गरिएको एक अनुसन्धान परीक्षणको प्रमाण पनि सार्वजनिक गरेका छन जसले पूरक पोषण प्रदान गर्दा क्षयरोगका घटना र मृत्युदर रोक्न सकिन्छ भन्ने कुरालाई पुस्टि गर्छ ।

यो परीक्षणको प्रमाणले के देखाउँछ भने फोक्सोको संक्रामक क्षयरोगका बिरामीहरूमा सुधारिएको पोषणले सबै प्रकारका क्षयरोगको जोखिम ४० प्रतिशत र संक्रामक क्षयरोगको जोखिम ५० प्रतिशतले कम गर्न सक्छ। अनुसन्धानकर्ताहरूका अनुसार पोषण सहयोग सुरु गरेपछि पहिलो दुई महिनामा छिटो तौल बढ्नाले क्षयरोगबाट हुने मृत्युको जोखिम ६० प्रतिशतले कम हुन्छ ।

परीक्षण अनुसार २ हजार ८ सय क्षयरोगीका १० हजार ३ सय ४५ घरधुरीलाई ७५० किलो क्यालोरी, २३ ग्राम प्रोटिन भएको नियमित खाना र थप सूक्ष्म पोषक तत्व प्रदान गरिएको थियो । ५ हजार ६ सय २१ जनालाई एक वर्षका लागि पौष्टिक खाना र ४ हजार ७ सय २४ जनालाई थप पोषणविना खाद्यान्न वितरण गरिएको थियो । परीक्षणको अन्त्यमा नियन्त्रण समूहको तुलनामा हस्तक्षेप समूहमा क्षयरोगको घटना ३९ प्रतिशतले घटेको पाइयो ।

दोस्रो अध्ययनले २,८०० क्षयरोगीलाई छ महिनासम्म पछ्यायो र पूरक पोषण उपचारका क्रममा वजन बढ्दा मृत्युको जोखिम कम हुन्छ भन्ने कुरा फेला पार्यो । यसमा तत्काल मृत्युको जोखिम प्रत्येक १ प्रतिशत वजनका लागि १३ प्रतिशतले घटेको थियो भने प्रत्येक पाँच प्रतिशत वजनका लागि ६१ प्रतिशतले घटेको थियो ।

विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० को ग्लोबल क्षयरोग रिपोर्ट ( २०२२ अनुसार भारतमा २०२१ मा ४,९४,००० को मृत्यु संगै ३ लाख नयाँ क्षयरोगि देखा परेका थिए जुन विश्वव्यापी क्षयरोगका घटनाहरूको २७ प्रतिशत र मृत्युको ३५ प्रतिशत हो । भारतले २०२५ सम्ममा क्षयरोगका घटनालाई ८० प्रतिशत र क्षयरोगको मृत्युदर ९० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।

यसमा झारखण्डलाई परीक्षण साइटका रूपमा छनोट गरिएको थियो किनभने झारखण्डमा क्षयरोगका बिरामीको संख्या सबैभन्दा बढी छ र त्यहाँ बहुआयामिक गरिबीको स्तर पनि उच्च छ ।

परिक्षणमा सबै सहभागीलाई मासिक १० किलोग्राम खानाको टोकरी दिइयो जसमा छ महिना पुग्ने चामल, दाल, दूधको धुलो, तेल र मल्टिभिटामिन थियो। परीक्षणमा सहभागीमध्ये दुई तिहाइ भन्दा बढी आदिवासी थिए, जसमध्ये अधिकांशले पीडिसि ९ एम्क् ० बाट राशन प्राप्त गरिरहेका थिए । त्यहाँ पाँच मध्ये चार बिरामी कुपोषित थिए जसमध्ये झन्डै आधा गम्भीर कुपोषणबाट पीडित थिए । तीमध्ये एचआइभी, मधुमेह, एमडीआर–टीबीको प्रकोप कम भए पनि मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग बढी पाइएको छ ।

लगभग एक प्रतिशत बिरामी उच्च रक्तचाप, हाइपोक्सिक वा उभिन असमर्थ समस्याले ग्रस्त थिए जसले इनपेन्टेन्ट हेरचाहको आवश्यकतालाई संकेत गर्दछ । भर्नाको समयमा सबै उमेरका तीनमध्ये एक जना कुपोषित थिए। यो अध्ययनले के पनि देखाएको छ भने क्षयरोग भएका बिरामीहरूको परिवारका सदस्यहरूको पोषण स्थितिमा सुधार गर्नाले रोगको विकासको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

प्रतिक्रिया