म्याद नाघेको खानेकुरा त खाईरहनु भएको छैन ?

खाद्य वस्तुहरूमा तीन प्रकारका मिति बेस्ट बिफोर डेट,द सेल बाइ डेट,र यूज्ड बाइ डेट उल्लेख गरिएका हुन्छन् । जसले उत्पादनको गुणस्तर, स्वाद र ताजापन सुनिश्चित गर्ने समय सीमालाई जनाउँछ ।
अधिकांश मानिसहरु प्याकेज गरिएको कुनै पनि वस्तु प्रयोग गर्नुअघि त्यसको एक्सपायर डेट ( प्रयोगको हद म्याद )जाँच गर्दैनन् । धेरै जसो मानिस एक्स्पायरी डेट सकिएपछि पनि ती चीजहरू प्रयोग गर्छन् । यस्ता खानेकुरा खाएपछि कहिलेकाहीँ केही हुँदैन भने कहिले घातकभन्दा घातक रोग निम्तिन्छ ।
म्याद नाघेका बस्तुको उपभोग
कतिपय अवस्थामा म्याद सकिएको एक वा दुई दिनपछि उत्पादन प्रयोग गर्न नमिल्ने र हानिकारक हुने खाद्य विज्ञहरू बताउँछन् । केही चीजहरू खाँदा भने सामान्यतया कुनै समस्या नहुने र एक्सपायरी डेट पछि प्रयोग गर्न सकिने विज्ञहरुको बुझाइ छ । त्यसले हामीलाई कुनै साइड इफेक्ट गर्दैन।
बेफाइदा
म्याद सकिएको खाना खाँदा शरीरमा हानिकारक ब्याक्टेरिया प्रवेश गर्न सक्ने खाद्य विज्ञहरू बताउँछन् । जसका कारण उक्त व्यक्तिमा वाकवाकी लाग्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता लक्षण देखापर्न सक्छ ।
‘बेस्ट बिफोर’ म्याद सकिएको केही दिनपछि पनि ती खाद्यवस्तु प्रयोग गरियो भने धेरैजसो अवस्थामा ठूलो नोक्सानी हुँदैन ।खाद्यविज्ञहरूका अनुसार फ्रिज गरिएका खाद्यवस्तु म्याद सकिएको केही दिनपछि पनि प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया