आइतबार, जेठ ५, २०८२

अमेरिकी राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दिने व्यक्तिमाथि एफबिआइको ‘इनकाउन्टर’

नेपालखोज २०८० साउन २५ गते १८:२०

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने एक व्यक्तिलाई प्रहरीले मुठभेडमा मारेको छ।

अमेरिकाको डोमेस्टिक इन्टेलिजेन्स एजेन्सी एफबिआईले राष्ट्रपति बाइडेन आगामी वर्ष हुने निर्वाचनको प्रचार गर्न उटाह राज्य जानुअघि मारेको बताइएको छ।

सेप्टेम्बर २०२२ मा उटाहकै एक व्यक्ति रोबर्टसनले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई मार्ने धम्की दिएका थिए ।

एफबिआईका अनुसार रोबर्टसनलाई उटाहस्थित साल्ट लेक सिटीमा बुधबार पक्राउ पुर्जी दिने कोसिस गरिएको थियो। प्रहरी त्यहाँ पुग्दा उनी हतियारसहित रहेका उनले गोली चलाउन सुरु गरे। त्यसपछि एफबिआई गरेको जवाफी कारबाहीमा रोबर्टसनको मृत्यु भएको हो।

न्युयोर्क टाइम्सका अनुसार एफबिआईले रोबर्टसन मृत्युको जानकारी राष्ट्रपतिलाई पनि गराएको छ । यसबारे मृतक रोबर्टसनकी छोरीलाई सोध्दा उनले कुनै प्रक्रिया दिन चाहिनन् ।

एफबिआईले रोबर्टसनसँग थुप्रै खरतनाक हातहतियार रहेको बताएको छ।

ट्रम्पका दुस्मन सिध्याउने रणनीति

रोबर्टसनविरुद्ध बाइडेन र ह्यारिसलाई मार्ने धम्कीबाहेक अन्य दुई मुद्दा पनि दर्ता थिए। अलजजिराको रिपोर्टअनुसार बाइडेनको बुधबार हुने उटाह राज्य यात्राभन्दा दुई दिनअघि रोबर्टसनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले एम–४२ स्नाइपर राइफलको धुलो सफा गरेको बताएका थिए ।

यस्तै गत सेप्टेम्बरमा पनि उनले राष्ट्रपतिको हत्या गर्ने सही समय आएको लेखेका थिए। उनी ट्रम्पका कट्टर समर्थक रहेको पाइएको छ। उनले बाइडेन र ह्यारिससँग ट्रम्पले चुनाव हारेको बदला लिने दाबी गर्दै आएका थिए।

राजनीतिक हत्याको डर बढ्दो

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकामा सन् १९७० झै एकपटक फेरि राजनीति हत्याको शृंखला फर्किन सक्छ। त्यतिबेला ‘लेफ्ट विंग’ समूहले हमला गर्ने गरेको भए पनि अब ‘राइट विंङ’ ले सो स्थान लिएको छ।

यद्यपि सन् १९७० मा वामपन्थीसँग जोडिएका आम सर्वसाधारणलाई निसाना बनाइएको थियो। उनीहरुले केवल सम्पत्ति हिनामिना गर्थे। अमेरिकामा ट्रम्पले चुनाव हारेपछि ६ जनवरी २०२१ मा अमेरिकी संसद्मा भएको हमलाले पूरै विश्व चकित भएको थियो।

१९६३ मा अमेरिकी राष्ट्रपतिको हत्या

अमेरिकी इतिहासमा चार राष्ट्रपतिको हत्या भएको छ। राजनीतिक कारणले ज्यान गुमाउने राष्ट्रपति भने जन एफ क्यानेडी थिए । टेक्सासमा २२ नोभेम्बर १९६३ मा उनको हत्या भएको थियो। यद्यपि उ्नको हत्यापछाडि के कारण थियो भन्ने आजपर्यन्त पनि स्पष्ट हुन सकेको छैन।

क्यानेडीको हत्याको धागो क्युबासँग जोडिएको थियो। कतिपयले ली हार्भी ओस्वाल्डले क्युबाका तत्कालीन प्रधानमन्त्री फिडेल क्यास्ट्रोलाई खुसी बनाउन हत्या गरिएको बताउँछन्। –INS

प्रतिक्रिया