शुक्रबार, वैशाख १२, २०८२

प्रसवको तयारी र हेरचाहमा बुवा

नेपालखोज २०८० साउन २६ गते १०:२९

बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् । बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो योगदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष योगदान खोजिरहेको छ ।

यसै सन्दर्भमा पुरुषको योगदानले माथिका सबै सकारात्मक उपलब्धिसहित  लैङ्गिक समानता, महिलाको भावनाको कदर, घरायसी हिंसा न्यूनीकरण तथा महिलाको पेसागत कार्यमा पनि सहयोग हुन्छ । अर्को महत्त्वपूर्ण उपलब्धि बालबालिकाले बुबाले गर्ने काम र आमाले गर्ने काम छुट्याउँदैनन् र लैङ्गिक समानता आफ्नो जीवनमा पनि लागु गर्छन् ।
 

  • बुबाले सुत्केरी गराउने स्वास्थ्य केन्द्र वा अस्पतालको निक्र्यौल गर्ने, सो केन्द्रसम्म पुग्ने स्थानअनुसारको साधनको व्यवस्था गर्नुपर्छ ।
  • आर्थिक व्यवस्थापन, पोषणयुक्त खानाको व्यवस्था, सुत्केरी तथा नवजात शिशुको हेरचाह स्याहार गर्ने सहयोगीको व्यवस्था गर्नुपर्छ ।
  • प्रसव व्यथाको समय कष्टपूर्ण हुने भएकाले श्रीमानले समानुभूति गरी आवश्यक शारीरिक एवम् भावनात्मक सामिप्य र सहयोग पुर्‍याउनुपर्छ ।
  • जन्म पश्चात् शिशुलाई बोलेर स्वागत गर्ने आफ्ना सकारात्मक संवेगहरू व्यक्त गर्ने, आमाको र आफ्नो छातीमा टाँसेर राख्र्नुपर्छ ।
  • आमालाई तातो खानाको व्यवस्था शिशुलाई लगाउने लुगाको व्यवस्था तथा एक घण्टाभित्र शिशुलाई स्तनपान गर्ने व्यवस्था पनि गर्नुपर्दछ ।
  • आआफ्नो संस्कृतिअनुसार शिशुको स्वागत, न्वारन, पास्नी गर्नुपर्छ । 
  • सम्बन्धित कार्यलयमा जन्म दर्तापनि अनिवार्य गर्नुपर्दछ ।

युनिसेफ नेपाल

प्रतिक्रिया