शुक्रबार, वैशाख ७, २०८१

बलिउड अभिनेता अमिताब बच्चन परिवारका ४ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ असार २८ गते १६:२६

एजेन्सी । भारतीय सिनेमा जगतको उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताब बच्चन र उनको परिवारमा नै कोभिड–१९ संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

अमिताब बच्चन, उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्य बच्चन तथा नातिनी आराध्य बच्चनलाई कोरोना पुष्टि भएको अधिकारीहरुले बताएका छन् । उता सिनेकलाकार अमिताब बच्चन तथा अभिषेक बच्चन दुबैजनाले आफुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिवार जानकारी दिएका छन् ।

उनीहरू नानावती अस्पतालको आईसोलेशन वार्डमा भर्ना भई उपचार सेवा शुरू गरिसकेको सन्देशमा उल्लेख छ । उनीहरूलाई संक्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ ।

संक्रमण देखिए लगत्तै बच्चन परिवारका अन्य सदस्यको कोरोना परीक्षण गर्दा ऐश्वर्या बच्चन तथा आराध्य बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ संक्रमित भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया