शनिबार, असार २१, २०८२

पुरुषहरू जन्म नियन्त्रण चक्की प्रयोग गर्न तयार छन् ?

नेपालखोज २०८० साउन २७ गते ६:४२

पुरुषहरूका लागि डिजाइन गरिएको गर्भनिरोधक चक्की चाँडै बजारमा आउँदैछ। एक नयाँ अध्ययनले देखाउँछ कि पुरुषहरू त्यसलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न उत्सुक छन्। अहिले पुरुषहरूले प्रयोग गर्न सक्ने गर्भनिरोधक चक्कीउपलब्ध छैन् । यस्ता चक्कि उपलब्ध भए पनि पुरुषहरूले त्यसलाई प्रयोग गर्दैनन् वा जिम्मेवारीपूर्वक प्रयोग गर्ने विश्वास गर्न सकिँदैन भन्ने आरोप पहिलेदेखि नै छ ।

लेखिका सुजाना श्रोब्सडोर्फले अप्रिल वाशिंगटन पोस्ट मा लेखिन – मान्नुहोस् यदि यो नयाँ गैर-हार्मोनल चक्की बजारमा आयो भने के पुरुषहरू साँच्चै यसको प्रयोग गर्न इच्छुक हुनेछन् ? के हामी आशा गर्न सक्छौं कि तिनले यस्तो चक्की प्रयोग गर्नेछन् ? के उनिहरु हरेक पटक नियमित रुपमा यो चक्की खानेछन ? वास्तवमा विश्वव्यापी रूपमा ५० प्रतिशत गर्भधारण अवान्छित हुन्छन् र अन्ततः महिलाहरूले त्यसको भार वहन गर्नुपर्छ । साथै यो पनि तर्क गरिन्छ कि पुरुषहरू आफैं गर्भवती नभएसम्म गर्भनिरोधकलाई गम्भीर रूपमा लिँदैनन् । यो पूर्वाग्रहको पछाडिको कारण पुरुषहरूसँग कन्डमको प्रयोगका सम्बन्धमा राम्रो ट्र्याक रेकर्ड नभएको हुन सक्छ ।

आफ्नो पार्टनरको स्वीकृतिविना यौनसम्पर्क गर्दा कण्डम फुकाल्नु (चुल्के) पुरुषहरूमा सामान्य छ। उदाहरणका लागि अष्ट्रेलियामा ३२ प्रतिशत महिला र १९ प्रतिशत पुरुषले चुल्केको अनुभव गरेका छन् । यद्यपि पुरुषहरू बीच गर्भनिरोधक प्रयोगको वकालतकर्ताहरूले यो आलोचनालाई खारेज गर्छन् । पुरुषहरूले प्रयोग गर्ने गर्भनिरोधकको माग बढेको उनीहरूको तर्क छ। उनीहरू भन्छन् – पुरुषहरू जन्म नियन्त्रणको जिम्मेवारी बाँड्न तयार छन् । पुरुषहरु गर्भनिरोधक चक्की चाहन्छन् फेब्रुअरी २०२३ मा बोस्टनमा प्रजनन स्वास्थ्य नवाचार सम्मेलनमा प्रस्तुत गरिएको नयाँ अध्ययनले यी दावीहरूलाई समर्थन गर्दछ। अध्ययनले पुरुष र उनीहरूका साझेदारहरू पुरुष गर्भनिरोधको नयाँ विधिको पक्षमा रहेको देखाएको छ। महिलाहरूलाई पनि विश्वास छ कि उनीहरूका साझेदारहरूले जिम्मेवारीपूर्वक गर्भनिरोधक चक्कीहरू प्रयोग गर्नेछन् ।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले आठ विभिन्न देशका १९,००० वयस्क पुरुषलाई समावेश गरी एउटा सर्वेक्षण गरेको थियो जसमा नाइजेरिया, केन्या, आइभोरी कोस्ट, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, भियतनाम, बंगलादेश, भारत र अमेरिका आदि समावेश थिए । अध्ययनमा संलग्न कन्सल्टेन्सी फर्म डिजायरलाइनका कार्यकारी निर्देशक स्टिभ क्रेचस्मर भन्छन् – हामीले पुरुषहरूलाई सोध्यौं कि उनीहरू गर्भनिरोधक प्रयोग गर्न चाहन्छन् ? यदि हो भने कुन रूपमा ? परिस्थितिको वस्तुगत मूल्याङ्कन गरेर केही समस्या समाधान गर्न सकिन्छ भन्ने हामीले सोचेका थियौँ । अध्ययनले विभिन्न देशका ७८ देखि ९८ प्रतिशत पुरुषले गर्भनिरोधक चक्की सेवन गर्ने इच्छा गरेको पाइएको छ ।

यस्तो चक्कीको माग राम्रो थियो। यसमा ती पुरुषहरूले आफ्ना साझेदारहरूसँग कस्तो प्रकारको सम्बन्ध राख्छन् भन्ने कुराले फरक पार्दैन। पुरुष गर्भनिरोधकका बाधाहरू सिद्धान्तमा पुरुषहरू सन्तान नजन्माउने निर्णयको हिस्सा बन्न चाहन्छन् तर चक्की खानुभन्दा पनि धेरै बाधाहरू छन्। वास्तवमा गर्भनिरोधक चक्की खाँदा पुरुषको सन्तान जन्माउने क्षमता केही समयका लागि नष्ट हुन्छ । यस्तो अवस्थामा केही समय सन्तान जन्माउन नसकेर कति पुरुष खुसी होलान् । के तिनीहरू यसो गर्न सहमत छन्? पुरुष गर्भनिरोधक चक्कीमा ठूलो मात्रामा गरिएको परीक्षणको नतिजा सकारात्मक छ। यद्यपि यसले धेरै साइड इफेक्टहरू निम्त्याउन सक्छ भन्ने चिन्ताका कारण केही परीक्षण रद्द गरियो ।

यो सम्भव छ कि पुरुषको बच्चा जन्माउने क्षमता समाप्त हुनेछ। सुरक्षित र प्रभावकारी चक्की आवश्यक केही व्यक्तिले सामाजिक सञ्जालमा यो चक्कीले पुरुषलाई त्यसरी नै कमजोर बनाउने टिप्पणी गरेका छन् जसरी महिलाहरू दशकौंदेखि यस्तो चक्कीको साइड इफेक्टको सामना गर्दै आएका छन्। यद्यपि एफडीए जस्ता औषधि नियामकहरूले पुरुष गर्भनिरोधक चक्कीको परीक्षणमा कडा अडान लिइरहेका छन् । बच्चा जन्माउने क्षमता गुमाउने कुराको चिन्ता गर्नु सामान्य होइन। महत्त्वपूर्ण कुरा के पनि हो भने गर्भनिरोधक चक्की बजारमा पठाउनु अघि यसका बारेमा उठेका चिन्ताहरू लाइ सम्बोधन गर्न आवश्यक छ। आखिर महिलाहरूले आफ्नो पार्टनरलाई चक्की लिने कुरामा विश्वास गर्नु अघि पुरुषहरूले के विश्वास गर्न आवश्यक छ भने यो चक्की सुरक्षित र प्रभावकारी छ ।

प्रतिक्रिया