शनिबार, पुष ५, २०८२

विद्यालयमा मोबाइल फोनको प्रयोगमा रोक

नेपालखोज २०८० साउन २७ गते ८:३६

नयाँदिल्ली । भारतको दिल्ली सरकारको शिक्षा विभागले सबै सरकारी तथा निजी विद्यालयहरूमा मोबाइल फोन माथि प्रतिबन्ध लगाउने एडभाइजरी जारी गरेको छ । शिक्षा विभागले आमाबाबुले आफ्ना छोराछोरीलाई विद्यालयमा मोबाइल फोन लान नदिने कुरा सुनिश्चित गर्न पनि भनेको छ ।

एडभाइजरीमा भनिएको छ – मोबाइल फोन आजको जीवनमा सबैभन्दा बढी प्रयोग हुने ग्याजेट मध्ये एक हो र हामिले यस प्रतिको अत्यधिक निर्भरतामा विचार गर्नु महत्त्वपूर्ण छ, जसको प्रभाव सकारात्मक र नकारात्मक दुवै हुन सक्छ ।

शिक्षा विभागले मोबाइल फोनको प्रयोग, तस्बिर खिच्ने, रेकर्डिङ गर्ने वा अनुपयुक्त सामग्री अपलोड गर्ने जस्ता दुर्व्यवहार र दुव्र्यवहारका घटनाले सामाजिक परिवेशका साथै बालबालिकाको भविष्यमा समेत नकारात्मक असर पार्ने बताएको छ ।

स्मार्टफोनको अत्यधिक प्रयोग हानिकारक छ – एडभाइजरीमा भनिएको छ – स्मार्टफोनको अत्यधिक प्रयोगले उच्च स्तरको डिप्रेसन, चिन्ता, सामाजिक एक्लोपन, हाइपरएक्टिभिटी, हाइपर(स्ट्रेस, निद्रामा कमी र कमजोर दृष्टि जस्ता समस्या निम्त्याउन सक्छ। यसले सिक्ने प्रक्रियामा बाधा पुर्‍याउन सक्छ र नकारात्मक असर पर्न सक्छ।

एडभाइजरीमा शिक्षक तथा अन्य कर्मचारीलाई विद्यालय परिसर , खेल मैदान, प्रयोगशाला र पुस्तकालयमा मोबाइल प्रयोग नगर्न भनिएको छ । विद्यालय परिसरमा मोबाइल फोनको प्रयोगलाई नियमन गर्नुपर्ने आवश्यकता रहेकाले विद्यालय शिक्षासँग सम्बन्धित सबै सरोकारवाला विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय प्रमुखले न्यूनतम साझा धारणा तयार गर्नुपर्ने शिक्षा विभागको भनाइ छ ।

मोबाइल ल्याए जफत गर्न निर्देशन

विद्यार्थीले विद्यालयमा मोबाइल फोन ल्याए विद्यालयबाट बाहिरिने क्रममा मोबाइल फोन जम्मा गर्न र फिर्ता गर्न सकिने लकर वा अन्य प्रणाली आदि प्रयोग गरी विद्यालय प्रशासनले सुरक्षित राख्ने पर्याप्त र उचित व्यवस्था गर्नुपर्ने एडभाइजरीमा उल्लेख छ ।

एक्शन कमेटी अफ अनएडेड रिकग्नाइज्ड प्राइवेट स्कूलका अध्यक्ष भरत अरोराले यो निर्णयको स्वागत गरेका छन् । केही दिनअघि कार्य समितिले विद्यालयमा मोबाइल प्रतिबन्धका सम्बन्धमा सरकारलाई पहल गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया