शनिबार, पुष ५, २०८२

अमेरिकामा आत्महत्याका घटना बढिरहेका छन् ?

नेपालखोज २०८० साउन २७ गते १४:०६

काठमाडौं । अमेरिकी सरकारको पछिल्लो तथ्याङ्क अनुसार गत वर्ष करिब ४९ हजार ५ सय जनाले आत्महत्या गरेका छन् । अमेरिकामा एक वर्षमा यति धेरै आत्महत्याको घटना यसअघि कहिल्यै आएको थिएन । आखिर के हुँदैछ अमेरिकामा ?

यो तथ्याङ्क दिने निकाय सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (CDC) ले गत वर्षको आत्महत्याको दर अहिलेसम्म गणना नगरेको भएपनि उपलब्ध तथ्याङ्कले अमेरिकामा द्वितीय विश्व युद्ध शुरुआत यता देखि आत्महत्या गर्नेहरुको संख्या कहिल्यै यति बढि नभएको देखाएको छ । अमेरिकाम अघिल्लो वर्षको तथ्यांकको तुलनामा आत्महत्या गर्नेमा २.६ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकी स्वास्थ्य सचिव जेभियर बेसेराले एक विज्ञप्तिमा भनेका छन -१० मध्ये ९ जना अमेरिकीहरू के विश्वास गर्छन् भने अमेरिका मानसिक स्वास्थ्य संकटको सामना गरिरहेको छ।

उनले भनेका छन – धेरै मानिसहरु मद्दत माग्नु कमजोरीको लक्षण हो भन्ने कुरामा विश्वास गर्छन् । त्यसैले पनि आत्महत्या बढिरहेछ भने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले के पनि देखाउँछ भने गत वर्ष भएका सबै आत्महत्या मध्ये आधा भन्दा बढीमा बन्दुक प्रयोग गरिएको थियो ।

आत्महत्या एउटा जटिल समस्या हो र डिप्रेसनको बढ्दो दर तथा मानसिक स्वास्थ्य सेवाहरूमा सीमित पहुँच सहितको कारकहरूका कारण आत्महत्या बढेको हुनसक्ने विज्ञहरूले जनाएका छन् । यता अमेरिकी फाउन्डेसन फर सुसाइड प्रिभेन्सनका वरिष्ठ उपाध्यक्ष जिल हार्काभी-फ्राइडम्यान भन्छिन् – यसको एउटा प्रमुख कारण बन्दुकको बढ्दो उपलब्धता हो ।

बन्दुक प्रयोग भएको आत्महत्या अन्य आत्महत्या प्रयास भन्दा बढी सफल छन् र बन्दुकको बिक्री पनि बढेको छ, बन्दुक भएका परिवारहरूको संख्या बढ्दै गएको छ। हालै जोन्स हप्किन्स युनिभर्सिटीले २०२२ को प्रारम्भिक तथ्याङ्कको विश्लेषण गरी अमेरिकामा बन्दुकबाट आत्महत्या गर्ने दर पत्ता लगाएको छ । संस्थानका अनुसार गत वर्षको जति घटना यसअघि कहिल्यै भएको थिएन ।

वर्षौंमा केसहरू लगातार बढ्दै गएका छन् हालै जोन्स हप्किन्स युनिभर्सिटीले २०२२ को प्रारम्भिक तथ्याङ्कको विश्लेषण गरी देशमा बन्दुकबाट आत्महत्या गर्ने दर पत्ता लगाएको छ । संस्थानका अनुसार गत वर्ष यो दर यसअघि कहिल्यै भएको थिएन ।

प्रतिक्रिया