आइतबार, वैशाख १६, २०८१

योगबाट मात्र मानसिक बल प्राप्त गर्न सकिन्छ

नेपालखोज २०८० साउन २९ गते ५:२८

काठमाडौं । आयुर्वेद होस् वा ज्योतिष, वास्तु टिप्स होस् वा योग । हिजोआज हाम्रो आधुनिक पुस्ता हाम्रा पुराना सिद्धान्त र शिक्षालाई विश्वास गर्न छोडेको छ ।

यद्यपि केही व्यक्तिहरू छन् जसले आफूलाई आधुनिक देखाए पनि यी प्राचीन सम्पदाहरूलाई खुलेर पालना गर्छन् । उनीहरूको जीवनलाई हेर्ने हो भने हामिले के देख्छौं भने तिनका लागि यी सबैको कुराक‍ अर्थ के हो र उनिहरुको सफलताका पछाडि के – कस्ता कुराक‍ो भुमिका छ ?

योग देश र विदेशमा प्रचलित यो ज्ञान हाम्रो एउटा निकै महत्त्वपूर्ण प्राचीन विरासत हो । हनमिले जतिसुकै डाइटिङ गरे पनि , जतिसुकै जिम धाए पनि, योगबाट मात्र दिर्घकालिन फाइदा हुलिन सक्छौं ।

योग वास्तवमा एक प्रकारको जीवनशैली हो ।…यसलाई अपनाए मानिसले आफ्नो जीवनका ठूला-ठूला रोग तथा शारीरिक समस्याहरूबाट मुक्ति पाउन सक्छ ।

शारीरिक स्वास्थ्यको लाभ

योग गुरुहरुका अनुसार यदि लगातार ४ महिना सम्म सूर्यनमस्कार गरिय‍ भने शरीर धेरै लचिलो र विभिन्न रोगहरु संग लड्न को लागी सक्षम हुन्छ । सूर्यनमस्कार १२ वटा आसन मिलेर बनेको छ… जसबाट आफूलाई फिट र जवान बनाउन सकिन्छ । यो आसन हाम्रो समग्र शारीरिक स्वास्थ्यका लागि उत्कृष्ट छ ।

मनको प्रसन्नता

नियमित योग गर्नेहरुको मनमा क्रोध, घृणा, दु:ख… जस्ता भावनाहरु हुँदैनन्… यस्ता मानिसहरु दु:खको चंगुलबाट मुक्त रहन्छन्। योग गर्नाले मन प्रसन्न र सन्तुष्ट रहन्छ।

परिष्कृत विचार

योग गर्नाले मन-मस्तिष्क सफा रहन्छ… हाम्रो दिमागबाट नकारात्मक विचारहरू पूर्ण रूपमा हट्छ अनि साथसाथै हामिले आफ्नो विचारलाई परिष्कृत भएको महसुस गर्न सक्छौं । योगले बुद्धिलाई तिखो बनाउँछ । यसले हामीलाई तर्कसंगत कुरा गर्न सक्षम तुल्याउँछ । हामी माथि भावना हावी हुन पनउँदैन । नियमित योग गर्नाले हाम्रो शरीर, मन र मस्तिष्क उर्जावान हुन्छ भने सोच पनि परिष्कृत हुन्छ ।

मानसिक रोगबाट मुक्ति

बेचैनी, घबराहट, शोक, डिप्रेसन, तनाव वा कुनै पनि किसिमको मानसिक द्वन्द्वबाट ग्रसित व्यक्तिहरूले योग गर्नुपर्छ । योग गर्नाले हाम्रो शरीरमा सकारात्मक उर्जा फैलन्छ ।

जीवनमा सफलता प्राप्त गर्न मानिसले शारीरिक भन्दा मानसिक रूपमा फिट हुन आवश्यक छ, जुन योगको माध्यमबाट मात्र प्राप्त गर्न सकिन्छ।

व्यक्तित्वमा परिमार्जन

योगलाई आफ्नो जीवनको हिस्सा बनाए हाम्रो व्यक्तित्व र चरित्रमा सकारात्मक परिवर्तन आउन थाल्छ। आफ्नो नराम्रो बानीको साइड इफेक्ट महसुस गर्दै हामि ती सबैबाट टाढा रहने प्रयास गर्न थाल्छौं ।

हामिले आफ्नो अन्तर्मुखी र बहिर्मुखी प्रकृति बीच सन्तुलन कायम गर्न सक्नुपर्छ । योग गर्ने व्यक्ति शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि भिडबाट अलग पहिचान बनाउन सफल हुन्छ ।

प्रतिक्रिया