ब्रेक शुबाट सुन छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम मापन

नेपालखोज २०८० साउन २९ गते २०:०४

काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ‘ब्रेक शु’ पगाल्दा पहिलो चरणमा सुनको मात्रा ६० केजी ७७९ ग्राममात्रै भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक शुको सुन पगालेको थियो । सुनको यथार्थ परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

टक्सार विभागका प्रमुख थानेश्वर आचार्यले आज ब्रेक शु पगाल्दा ६० केजी ७७९ ग्राम सुन निक्लिएको बताए ।

उनले नेपालप्रेससँग भने, ‘आज ६० केजी ७७९ ग्राम रहेको भेटिएको छ । तर, यो सुन कालो छ । भोलि पुनः पगालेपछि मात्रै यसको तौल एकिन गर्न सकिन्छ ।’

प्रतिक्रिया