काेशी, गण्डकी र कर्णाली प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति भारी वर्षाकाे सम्भावना कति ?

नेपालखोज २०८० साउन ३० गते ५:४७

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थानभन्दा उत्तरतिर रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशभर आँशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर आँशिकदेखि सामान्य बदली रहने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । साथै कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया