सोमबार, असार ९, २०८२

केशव स्थापित एमाले केन्द्रीय सदस्यबाट अलग

नेपालखोज २०८० साउन ३० गते १२:२१

काठमाडौं । नेकपा एमालेले दुई जना नेतालाई पार्टीबाट बिदा गरेको छ । त्यस्तै एक जना स्थायी कमिटी सदस्यलाई केही दिनमै हटाउने एमालेको तयारी गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्राय: निष्क्रिय थिए ।

हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो ।

स्थापित २०७९ को निर्वाचनमा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । स्थापित र यादवले पार्टीमा सक्रिय हुन नसक्ने मौखिक जानकारी दिएपछि उनीहरूलाई पार्टीले बिदा गरेको उपाध्यक्ष सुवास नेम्वाङले बताए ।

पार्टीमा रहेर पनि सक्रिय नहुने नेताहरूलाई क्रमशः हटाउँदै जाने नीति अनुसार दुई जना नेतालाई सोमबारको सचिवालय बैठकले निर्णय गरेर हटाएको हो ।

प्रतिक्रिया