आइतबार, वैशाख १४, २०८२

दुई अर्ब १५ करोडको सेयर किनबेच

नेपालखोज २०८० साउन ३० गते १५:३०

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ३१ दशमलव ८० अंकले घटेर तीन सय ९१ दशमलव ८४ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २९ अंकले घटेर तीन सय ९१ दशमलव ८४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ७८ वटा कम्पनीहरुको ६१ हजार तीन सय ४१ पटकको कारोबारमा ५६ लाख तीन हजार एक सय ७९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबाबार रकम दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक चार दशमलव २८ अंकले बढेर १९ दशमलव ११ अंकमा चढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ११ दशमलव ९७ अंकले घटेर १२ सय ८० दशमलव ३३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ७३ दशमलव १८ अंकले घटेर तीन हजार आठ सय १० दशमलव ९७ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ३९ दशमलव ८४ अंकले घटेर १७ सय ३६ दशमलव शुुन्य नौं अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ५१ दशमलव ३३ अंकले घटेर २१ सय ६६ दशमलव ९० अ्रंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय चार दशमलव २८ अंक्ले घटेर ११ हजार एक सय ८६ दशमलव ७५ अंक्मा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ८४ दशमलव २१ अंकले घटेर १० हजार आठ सय ८० दशमलव ९१ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय २३ दशमलव ६९, शुन्य दशमलव ८१, दुई सय ४२ लशमलव ७०, ४० दशमलव १६, १३ दशमलव ८९ र १४ दशमलव ४१ अंकले घटेका छन् ।

नेप्सेमा आज इर्मर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव १८ प्रतिशतले बढेर एक हजार १६ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन डिष्ट्रिलरी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ६९ प्रतिशतले घटेर दुई हजार १७ रुपैंयाँमा कारोबार भएको छ ।

हिमालयन डिष्ट्रिलरी प्रालिको नैं आज प्रतिकित्ता दुई हजार १७ रुपैंयाँ अन्तिम मुल्यमा २० करोड ५५ लाख ९४ हजार ३२ रुपैंयाँ पुगेको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया