नेपालखोजमा दिनभरकाे खबर सारांश !
डिजेल मट्टीतेल र पेट्रोलकाे भाउ बढ्याे, अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम ।
काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले निर्विरोध निर्वाचित, घलेको नेतृत्वमा पूर्व कप्तान पारस खड्कालाई १५ सदस्यीय कार्यसमितिमा समेट्दै निर्विरोध निर्वाचित ।
राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्याे, ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण ।
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु ।
नेप्सेमा उच्च अंकले गिरावट, दुई अर्ब १५ करोडको सेयर किनबेच ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भयाे
हवाई टापुको डढेलोमा उनान्सय जनाले ज्यान गुमाए ।
सुनको मूल्य स्थिर चाँदीको बढयाे ।

प्रतिक्रिया