कति प्रकारको डर लुकेको छ मान्छेमा ?

नेपालखोज २०८० साउन ३१ गते ९:१६

फोबिया अर्थात् डर । यो डर धेरै प्रकारका छन् । मानिसहरु कुकुर, बिराला, कीरा, चरादेखि मानिससम्म पनि डराउँछन् । डर जति अनौठो छ यसको नाम पनि उस्तै अनौठो छ ।

एरेकनोफोबिया स् माकुरोको डर सबैभन्दा सामान्य प्रकारको फोबिया हो जसले संयुक्त राज्यमा एक तिहाइ मानिसहरूलाई असर गरेको छ । यद्यपि माकुराका ४० हजार प्रजाति मध्ये २० वटा प्रजातिका माकुरा मात्र मानिसहरूलाई हानि गर्न पर्याप्त विषाक्त छन् ।

ओफिडियोफोबिया : मानिसको दोस्रो डर सर्प हो। अन्वेषकहरूले यसलाई बाँच्नको वृत्ति अर्थात् प्रकृतिले मानिसमा बाँच्नका लागि जन्माएको अत्यावश्यक डर भन्छन् । विश्वको एक तिहाइ जनसंख्या सर्पसँग डराउँछ ।

एक्रोफोबिया : यो उचाइ सम्बन्धि डर हो । १०० मध्ये पाँच जनालाई यस प्रकारको फोबिया हुन्छ । कहिलेकाहीँ डरको हद यस्तो हुन्छ कि यो आतंक आक्रमणमा परिणत हुन्छ। यस्तो अवस्थामा सास फेर्न पनि गाह्रो हुन सक्छ।

एगोराफोबिया : यसको सिकार भएका मानिसहरू खुला ठाउँ र भीड दुवैबाट डराउँछन्। खुला मैदानमा जाँदा, उनीहरूलाई त्यहाँ हराउने र बाहिर निस्कन सक्नेछैन भन्ने लाग्न सक्छ। यस्ता व्यक्तिहरू प्रायः डिप्रेसनको सिकार हुन्छन् ।

सायनोफोबिया : अधिकांश महिलाहरू कुकुरसँग डराउँछन्। यो डर बाल्यकालदेखि नै सुरु हुन्छ। कुकुरको डर सर्प र माकुरा पछि सबैभन्दा सामान्य जनावर फोबिया हो।

एस्ट्राफोबिया : यस्ता मानिसहरू आकाश गर्जिदा वा चट्याङबाट डराउँछन्। यो डर प्रायः बालबालिकामा पाइन्छ । मानिसबाहेक जनावरमा पनि यस्तो डर देखिएको छ ।

क्लास्ट्रोफोबिया : यो साघुँरो ठाउँको डर हो । यस्तो डरका कारण मानिसहरु लिफ्टमा जान हिचकिचाउँछन् । उनीहरुलाई एमआरआई मेसिनमा जान असम्भव छ । यद्यपि यसलाई हटाउन सकिन्छ तर धेरै कम व्यक्तिले यसको उपचार गर्छन्।

मायजोफोबिया : कीटाणुहरूको डर । यस्ता मानिसहरु बारम्बार नुहाउने, हात धुने, स्यानिटाइजर लगाउने, मानिसहरुसँग हात मिलाउनबाट टाढै रहने खालका हुन्छन् । यस्ता व्यक्तिलाई अक्सर ओसीडी अर्थात अब्सेसिव कम्पल्जिव डिसअर्डर हुन्छ ।

एरोफोबिया : उडानको डर । कामको सिलसिलामा धेरै यात्रा गर्नु पर्ने मानिसहरुको यो डरले करियरमा समेत असर गर्छ । प्लेन चढने सोचले नै यस्ता मानिसमा सास फेर्न गारो हुने अनि चक्कर लाग्ने समस्या देखा पर्छ ।

डेन्टोफोबिया : धेरै मानिसहरू दन्त चिकित्सककहाँ जान लाज मान्छन्। डेन्टोफोबिया भएकाहरू दाँत ड्रिल गर्न डराउँछन्। आधुनिक प्रविधिमा पहिलेको जस्तो जोखिम नभए पनि डर भने कायमै छ ।

त्रिसकेडेकाफोबिया : १३ नम्बरको डर। धेरैले १३ नम्बरलाई अशुभ मान्छन् । संसारका धेरै प्रसिद्ध लेखक तथा संगीतकारहरू पनि यसबाट डराएका छन् । यो डरका कारण धेरै भवनमा १३ औं तल्ला नै हुँदैन ।

कार्सिनोफोबिया : यो क्यान्सरको डर हो। यस्ता व्यक्ति आफ्नो खानपानमा बढी ध्यान दिन्छन् । उनीहरूमा के डर हुन्छ भने उनीहरूले केहि खाए त्यसबाट क्यान्सर हुन सक्छ।

ग्लासोफोबिया : एउटा राम्रो वक्ताले मानिसहरूलाई मोहित तुल्याउन सक्छ तर यस्ता धेरै व्यक्तिहरू छन् जो स्टेजमा जाँदा पसिना काडन थाल्छन् । यसलाई ग्लोसोफोबिया भनिन्छ।

मोनोफोबिया : एक्लोपनको डर। यस्ता व्यक्तिलाई जीवनमा एक्लै छोडिने डर मात्र हुँदैन एक्लै खान वा ओछ्यानमा एक्लै सुत्न पनि सम्भव हुँदैन ।

अर्निथोफोबिया : चराहरूको डर । मानिसहरु जनावर वा कीराहरूसँग मात्र डराउँछन् भन्ने होइन । यस्ता मानिसहरूले कुकुर र बिरालोलाई धेरै माया गर्छन् । यद्यपि उनीहरू आफु वरिपरि उड्ने चराहरूलाइ सहन सक्दैनन् ।

टेलेगफोनोफोबिया : यस्ता मानिसहरू फोनमा कुरा गर्न डराउँछन्। उनीहरू एसएमएस वा इमेल मार्फत कुरा गर्न रुचाउँछन् । अन्य धेरै डरहरू जस्तै यो पनि बेतुका डर तर सत्य हो ।

केटोपट्रोफोबिया : ऐनाको डर। यस्ता मानिसहरू ऐनामा आफूलाई हेर्न डराउँछन्। उनीहरू आफूलाई कुरूप वा मोटो मान्छन्। यदि कोठामा धेरै ऐना छन् भने उनीहरू आक्रमक समेत हुन सक्छन ।

टोकोफोबिया : यस्ता महिला गर्भावस्था र बच्चा जन्माउन डराउँछन् । धेरैजसो अवस्थामा यो डरलाई गम्भीरताका साथ लिइँदैन भने यसले महिलाको मानसिक अवस्थामा निकै नराम्रो असर पार्ने चिकित्सकहरू बताउँछन् ।

सोमनीफोबिया : यस्ता मानिसहरु निद्राबाट डराउँछन् । उनीहरूलाई सुतेपछि केही नराम्रो हुनसक्छ जसलाई निद्राका कारण सामना गर्न सकिदैन भन्ने लाग्छ। त्यसैकारण उनीहरू जागा रहन्छन् । यो अवस्थालाई अनिद्रा पनि भनिन्छ।

निक्टोफोबिया : यस्ता मानिसहरू अन्धकारसँग डराउँछन्। उनीहरु राति बत्ती बालेर सुत्न रुचाउँछन् । अक्सर यस्तो डर बालबालिकाहरुमा देखिन्छ।

प्रतिक्रिया