विदेशी मुद्रा : आजका लागि यस्ताे छ भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०३ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ २३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३१ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ४७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया