मंगलबार, असार १०, २०८२

मन्त्री ज्वालाद्वारा कार्यसम्पादन परिणाममुखी बनाउन निर्देशन

नेपालखोज २०८० साउन ३२ गते २०:४०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादनलाई कर्मकाण्डी नभएर परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित कार्यसम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति गर्ने गरी काम गर्न निर्देशन दिए ।

मन्त्री ज्वालाले सचिव केशव शर्मासँग तथा सचिव शर्माले विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरे । कार्यसम्पादन सम्झौता गर्दै सचिव शर्माले राजनीतिक नेतृत्व सरल, सहज र परिणाममुखी भएकाले ९० प्रतिशतको लक्ष्य पूरा हुने बताए ।

यही साउन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाबीच कार्यसम्पादन सम्झौता भएको थियो ।

प्रधानमन्त्रीसँगको सम्झौतापछि मन्त्री ज्वालाले सम्बन्धित पक्षसँग एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न सम्झौता गरेका हुन् ।

प्रतिक्रिया