मंगलबार, असार १०, २०८२

 प्रधानमन्त्रीकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

नेपालखोज २०८० भदौ ४ गते ८:३०

काठमाडौं । सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाइएको हो । बैठक  दिउँसो ४ बजे बस्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ ।

यसबीचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन । 

प्रतिक्रिया