‘ओलीले सर्वदलीय बैठकमा पनि मलाई निषेध गरे’
नेपालखोज
२०८० भदौ ९ गते १४:३३

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् ।
शनिबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै उनले संसद खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरुको बैठकमा ओलीकै कारण आफ्नो पार्टी सहभागी हुन नपाएको बताएका हुन् ।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले गरेको संसद अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले अघिल्लो हप्ता राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको बैठक बोलाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया