उड्डयन प्राधिकरणले मिडियालाई स्पष्टीकरण सोध्नु गैरकानुनी : अदालत

नेपालखोज २०८० भदौ ११ गते २०:१८

काठमाडौं । पाटन उच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण पोष्ट पत्रिकामा प्रकाशित सामग्री उपर स्पष्टीकरण सोध्नु गैरकानुनी र प्रेस स्वतन्त्रताविरुद्धको गतिविधि भएको ठहर गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रिकामा प्रकाशित विषयवस्तु भ्रमपूर्ण र हवाइ सुरक्षामा गम्भीर असर पर्ने खालको भएको भन्दै १ भदौमा अन्नपूर्ण मिडिया नेटवर्क तथा सिम्रिक एअरलायन्सका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको थियो । त्यसविरुद्ध सिम्रिक एयर तथा थापाले हालेको रिटमा अदालतले सोमबार अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया