लम्पी स्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुङ्ग्याउन निर्देशन
नेपालखोज
२०८० भदौ ११ गते २१:४०

काठमाडौं । देशभर पशु चौपायामा देखिएको लम्पी स्किन रोकबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको एनडेकको ५१ औँ बैठकले तत्काल यस्तो कार्यविधि बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
सम्बन्धित

प्रतिक्रिया